Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

समाचार

रविका तर्फबाट गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्चमा निकिताले दिइन् बन्दी प्रत्यक्षीकरणको निवेदन

रविका तर्फबाट गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्चमा निकिताले दिइन् बन्दी प्रत्यक्षीकरणको निवेदन


  • 1.7K
    Shares

    रविका तर्फबाट गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्चमा निकिताले दिइन्  बन्दी प्रत्यक्षीकरणको निवेदन

    काठमाडौं । गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रास्वपा सभापति एवम पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवदेन दर्ता गरेका छन् ।

    लामिछानेले आफूलाई प्रचलित कानुन विपरित थुनामा राखिएको र थुना संविधान विपरित भएको भन्दै आइतबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएको सर्वोच्च अदालत प्रशासनले जनाएको हो ।

    गैरकानुनी थुनामा राखेको व्यक्तिलाई रिहा गर्न बन्दी प्रत्यक्षीकरणको आदेश जारी गनुपर्ने र त्यसका लागि थुनामा रहेको व्यक्तिले आफू गैरकानुनी रुपमा थुनामा रहेको पुष्टि गर्नुपर्ने सर्वोच्च अदालतका प्रवक्ता समेत रहेका सहरजिट्रार अच्युत कुईकेलले जानकारी दिए । उनका अनुसार लामिछानेले आफू गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै निवेदन दर्ता गराएका हुन् ।

    थुनामा पठाउनेगरी यस अघि उच्च अदालतले दिएको आदेश विरुद्ध उनले अर्को निवेदन पनि सर्वोच्च अदालतमा दर्ता गरेका थिए । उक्त निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको प्रवक्ता कुईकेलको भनाई छ ।

    images
    प्रकाशित मिति :बैशाख ७ २०८२ आइतवार - १६:०३:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij