२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा आइतबार (वैशाख ७) स्थिति तनावग्रस्त बनेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि स्थिति असहज बनेको हो ।
प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरी र उनीहरूबीच धकेलाधकेल भएको छ । प्रदर्शनकारीले प्रहरीको ब्यारिकेड धकेल्ने प्रयास गरिरहेका छन् ।
प्रहरीको माइकिङ गरेर उनीहरूलाई शान्त रहन भनिरहेको छ । राप्रपा महामन्त्री विक्रम पाण्डे भने आइतबारको प्रदर्शन सकिएको भन्दै बिजुलीबजारबाट हिँडेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij