Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

वाणिज्य बैंकः सबैभन्दा नाफा वृद्धि गर्ने नेपाल बैंक, बढी नाफा कमाउने नबिल, नाफा कमाउन नसक्ने एनआईसी एसिया

वाणिज्य बैंकः सबैभन्दा नाफा वृद्धि गर्ने नेपाल बैंक, बढी नाफा कमाउने नबिल, नाफा कमाउन नसक्ने एनआईसी एसिया


  • 3.4K
    Shares

    • images
    वाणिज्य बैंकः सबैभन्दा नाफा वृद्धि गर्ने नेपाल बैंक, बढी नाफा कमाउने नबिल, नाफा कमाउन नसक्ने एनआईसी एसिया

    काठमाडौँ । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको चैतसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । २० वाणिज्य बैंकहरुले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार आधा जसो वाणिज्य बैंकको नाफा घटेको छ ।

    वाणिज्य बैंकहरुको नाफामा घटे पनि समग्रमा राष्ट्र बैंकले कर्जा नोक्सानी व्यवस्थामा लिएको लचिलो नीतिका कारण वृद्धि भएको छ । चालु आर्थिक वर्षको ९ महिना अर्थात् चैतसम्म वाणिज्य बैंकहरुले गत वर्षको सोही अवधिको तुलनामा १।४ प्रतिशतले मात्रै नाफा वृद्धि गर्न सफल भएका छन् ।

    २० वाणिज्य बैंकले चालु आर्थिक वर्षको ९ महिनामा ४१ अर्ब २४ करोड २८ लाख ५९ हजार खुदनाफा कमाएका छन् । गत वर्षको सोही अवधिमा ४० अर्ब ६७ करोड ८९ लाख ६२ हजार रुपैयाँ नाफा कमाएका थिए । गत वर्षको तुलनामा  सोही महिनाको अवधिमा १।४ प्रीतशत अर्थात् ५६ अर्ब ३८ करोड रुपैयाँ नाफा वृद्धि गर्न सफल भएको छन् ।

    ९ महिनामा २० वाणिज्य बैंक मध्ये ११ बैंकले नाफा कमाएमा छन् भने ९ वाणिज्य बैंकको नाफा घटेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार पछिल्लो ९ महिनामा सबैभन्दा बढी नाफा कमाउने बैंक नबिल बैंक भएको छ भने सबैभन्दा बढी नाफा वृद्धि गर्ने सरकारी बैंक भने नेपाल बैंकले गरेको छ ।

    गत वर्षको चैत मसान्तमा नबिलले ४ अर्ब ६६ करोड खुद नाफा कमाएकोमा एक वर्षको अवधिमा ८।२ प्रतिशत नाफा वृद्धि गरी ५ अर्ब ५ करोड रुपैयाँ कायम गरेको छ ।

    ९ महिनाको अवधिमा नेपाल बैंकको खुदनाफा २ सय गुणाले वृद्धि भएको छ । गत वर्षको चैत मसान्तमा १३ करोड रुपैयाँ मात्रै रहेको खुदनाफा चालु वर्षको सोही अवधिमा २ अर्ब ७८ करोड रुपैयाँ कायम गरेको छ । सबैभन्दा बढी नाफा वृद्धि गर्ने सरकारी बैंक बनेको छ । चालु आवको ९ महिनाको अवधिमा सबैभन्दा बढी खुदनाफा नेपाल बैंकले गर्दा एनआइसी एसिया बैंकको सबैभन्दा बढीले नाफामा घटेको छ ।

    सबैभन्दा नाफा वृद्धि नेपाल बैंकको, नाफा कमाउने नबिल 

    २० वाणिज्य बैंक मध्ये सबैभन्दा बढी नाफा कमाउने नबिल बैंक रहेको छ । भने सबैभन्दा बढी नाफा वृद्धि गर्नेमा नेपाल बैंक रहेको छ । नेपाल बैंकले समीक्षा अवधिमा २०३२।८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको १ अर्ब ३० करोड ५ लाख नाफा कमाएको बैंकले एक वर्षमा २०३२।८ प्रतिशतले वृद्धि गरेर २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ कमाएको छ ।

    त्यस्तै,नबिल बैंकले अघिल्लो वर्ष ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ नाफा कमाएकोमा एक वर्षमा ८।२ प्रतिशतले वृद्धि गरी ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ ।  

    समीक्षा अवधिमा एभरेस्ट बैंकले ३९।८७ प्रतिशतले वृद्धि गरी ३ अर्ब ४० करोड, नेपाल इन्भेस्टमेन्ट मेगाले ३८।६१ प्रतिशतले वृद्धि गरी ४ अर्ब ५४ करोड, ग्लोबल आइएमईले ३७।१२ प्रतिशतले वृद्धि गरी ४ अर्ब ५३ करोड र माछापुच्छ्रेले २८।८९ प्रतिशतले वृद्धि गरी १ अर्ब १० करोड खुद नाफा आर्जन गरेको छ। उक्त अवधिमा सानिमा बैंकले २१।३९ प्रतिशतले वृद्धि गरी १ अर्ब ६९ करोड, नेपाल एसबीआईले ११।९५ प्रतिशतले वृद्धि गरी १ अर्ब ३० करोड, एनएमबि बैंकले ५।८८ प्रतिशतले वृद्धि गरी २ अर्ब ३७ करोड, प्रभुले ३।५१ प्रतिशतले वृद्धि गरी १ अर्ब ८७ करोड र लक्ष्मी सनराइज बैंकले २।२४ प्रतिशतले वृद्धि गरी १ अर्ब ६५ करोड रुपैयाँ खुदनाफा कमाएको छ । 

    सबैभन्दा बढी एनआईसी एसिया बैंकको नाफा घट्यो 

    गत वर्षको चैत मसान्तमा आर्जन गरेको खुदनाफामा चालु वर्षको सोही अवधिमा  ९ वटा वाणिज्य बैंकको खुदनाफा घटेको छ। २० वाणिज्य मध्ये ९ बैंकको खुद नाफा घट्दा सबैभन्दा धेरै एनआईसी एसिया नाफा घटेको छ । एनआईसी एसिया बैंकको ९ महिनामा ९१।८१ प्रतिशतले घटेर १५ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षमा  १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ बढी रहेको थियो ।  

    त्यस्तै,समीक्षा अवधिमा हिमालयन बैंकको ७४।३३ प्रतिशतले घटेर ५० करोड, प्राइमको २२।५६ प्रतिशतले घटेर २ अर्ब २२ करोड, सिटिजन्स बैंकको २०।६० प्रतिशतले घटेर ९६ करोड, स्ट्याण्डर्ड चार्टर्डको ११।१७ प्रतिशतले घटेर २ अर्ब १७ करोड, कृषि विकासको १०।१७ प्रतिशतले घटेर १ अर्ब ८४ करोड, सिद्धार्थ बैंकको १।१९ प्रतिशतले घटेर १ अर्ब ६० करोड रुपैयाँमा, कुमारी बैंकको ७२।८५ प्रतिशतले घटेर २८ करोड र राष्ट्रिय वाणिज्यको ४९।३३ प्रतिशतले घटेर १ अर्ब २० करोड रुपैयाँमा झरेको छ ।  

    प्रकाशित मिति :बैशाख ७ २०८२ आइतवार - १४:१७:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij