Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

कोसी करिडोर प्रसारणलाइन तथा सबस्टेसन उद्घाटन गर्न भारतीय विद्युत्‌मन्त्री खट्टर नेपाल आउँदै

कोसी करिडोर प्रसारणलाइन तथा सबस्टेसन उद्घाटन गर्न भारतीय विद्युत्‌मन्त्री खट्टर नेपाल आउँदै


  • 1.1K
    Shares

    कोसी करिडोर प्रसारणलाइन तथा सबस्टेसन उद्घाटन गर्न भारतीय विद्युत्‌मन्त्री खट्टर नेपाल आउँदै

    काठमाडौं । भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपाल आउने भएका छन् ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा खट्टर नेपाल आउन लागेका हुन् । उनी दुई दिनको भ्रमणका लागि ९ वैशाखमा नेपाल आउनेछन् ।

    ३० माघ २०८१ मा भारत भ्रमण क्रममा मन्त्री खड्काले त्यहाँका विद्युत्‌मन्त्री खट्टरलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।

    ऊर्जामन्त्री खड्कासँगै भारतका विद्युत्‌मन्त्री खट्टरले ९ वैशाखमा भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोशी करिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०/१३३र३३ केभी तुम्लिङटार सबस्टेसन, २२०/३३ केभी बानेश्वर सबस्टेसन र २२०/१३३र३३ केभी बसन्तपुर सबस्टेसन संयुक्त रूपमा संखुवासभा तुम्लिङटार सबस्टेसनमा उद्घाटन गर्ने कार्यक्रम छ ।

     

    images
    प्रकाशित मिति :बैशाख ७ २०८२ आइतवार - १४:१२:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij