Logo

२०८२ कार्तिक ८ गते शनिवार

२०८२ कार्तिक ८ गते शनिवार

बंगलादेशमा हिन्दुवादी नेताको अपहरणपछि कुटेर हत्या, भ्यानमा राखेर घरमै पठाइदिए शव

बंगलादेशमा हिन्दुवादी नेताको अपहरणपछि कुटेर हत्या, भ्यानमा राखेर घरमै पठाइदिए शव


  • 1.8K
    Shares

    बंगलादेशमा हिन्दुवादी नेताको अपहरणपछि कुटेर हत्या, भ्यानमा राखेर घरमै पठाइदिए शव
    images

    काठमाडौं । बंगलादेशमा अल्पसंख्यक हिन्दुहरूमाथि निरन्तर अत्याचार भइरहेको छ। यसैबिच उत्तरी बंगलादेशमा एक प्रमुख हिन्दु अल्पसंख्यक नेता भावेश चन्द्र रायको अपहरणपछि र हत्या भएको छ । 

    यस घटनाको चौतर्फी निन्दा भएको छ । साथै मुहम्मद युनुसको नेतृत्वमा रहेको बंगलादेशी अन्तरिम सरकारले आफ्ना अल्पसंख्यक समुदायको सुरक्षा गर्न असफल भएको आरोप लगाइएको छ। 

    बंगलादेशमा प्रमुख हिन्दुवादी नेतालाई अज्ञात व्यक्तिहरूले बिहीबार उनको घरबाटै अपहरण गरेका थिए । मिडिया रिपोर्टका अनुसार ५८ वर्षीय रायलाई बिहीबार दिउँसो उनको घरबाट अपहरण गरी कुटपिट गरी हत्या गरिएको हो । 

    उनी बंगलादेश पूजा उद्यापन परिषद्को बिरल इकाईका उपाध्यक्ष थिए । हिन्दू समुदायमा उनको बलियो पकड थियो । उनी ढाकाबाट लगभग ३३० किलोमिटर टाढा दिनाजपुरको बासुदेवपुर गाउँका बासिन्दा भएका त्यहाँका प्रहरीले बताएको छ। 

    भावेशचन्द्र रायकी श्रीमती शान्तनाले भनिन्, श्रीमानलाई बिहीबार दिउँसो साढे ४ बजे फोन आएको थियो । फोन गर्ने व्यक्तिले भावेश घरमा छन् कि छैनन् भनेर जान्न चाहे । त्यसको लगभग आधा घण्टापछि दुई वटा मोटरसाइकलमा चार जना मानिस घरमा आएर आफ्ना श्रीमानलाई जबरजस्ती लगेका उनले बताएकी छन् । 

    प्रत्यक्षदर्शीहरूका अनुसार भावेशलाई नजिकैको नाराबारी भन्ने गाउँमा लगिएको थियो र त्यहाँ निर्ममतापूर्वक कुटपिट गरिएको थियो । बिहीबार साँझ नै आक्रमणकारीहरूले भावेशलाई अचेत अवस्थामा भ्यानमा राखेर उनको घर पठाइदिएका थिए । 

    उनलाई पहिले नजिकैको अस्पताल लगिएको थियो । त्यसपछि दिनाजपुर मेडिकल कलेज लगिएको थियो, जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरेका थिए ।

    प्रकाशित मिति :बैशाख ७ २०८२ आइतवार - १३:३१:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij