२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शनमा सहभागीहरुले बिजुली बजार क्षेत्रका निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन्।
आइतबार दिउँसो १२ बजेपछि बिजुलीबजार क्षेत्रमा भेला भएका राप्रपा कार्यकर्ताहरुले निषेधित क्षेत्र तोड्ने प्रयास गरेका हुन्। तर, प्रहरीले भने निषेधित क्षेत्रमा जबरजस्ती नगर्न, शान्तिपूर्णरुपमा आफ्नो कार्यक्रम गर्न माइकिङ गरिरहेको छ।
गत चैत १५ गते भएको राजावादीको हिंसात्मक प्रदर्शनमा पक्राउ परेका आफ्ना नेताहरुको रिहाइको माग गर्दै राप्रपाले निषेधित क्षेत्र तोड्नेगरी प्रदर्शनको आयोजना गरेको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij