Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सबैभन्दा बढी निर्यात भएको ती पाँच वस्तु के- के हुन ?

सबैभन्दा बढी निर्यात भएको ती पाँच वस्तु के- के हुन ?


  • 1.0K
    Shares

    • images
    सबैभन्दा बढी निर्यात भएको ती पाँच वस्तु के- के हुन ?

    काठमाडौं । चालु आर्थिकको चैत मसान्तसम्ममा ८७ प्रतिशत आयात हुँदा ८३ प्रतिशत बराबर निर्यात भएको छ । यस अवधिमा  १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँ बराबरको निर्यात भएको भन्सार विभागले जानकरी दिएको छ । 

    सबैभन्दा धेरै निर्यात हुनेमा प्रशोधित तथा पाम तेल रहेको छ भने यस अवधिमा ७४ अर्ब २८ करोड बराबरको पाम तथा प्रशोधित तेल निर्यात भएको छ । ११ अर्ब ९५ करोड रुपैयाँको फलाम तथा फलामजन्य वस्तु निर्यात भएको छ ।

    चिया कफी तथा अन्य मसलाजन्य वस्तु १० अर्ब ७४ करोड रुपैयाँ बराबरको निर्यात भएको छ भने ९ अर्ब ३० करोड रुपैयाँको गलैँचा, १७ अर्ब ४६ करोड रुपैयाँको धागो  निर्यात भएको छ ।

     

    प्रकाशित मिति :बैशाख ७ २०८२ आइतवार - १२:००:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij