Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समाचार

काठमाडौंमा कहाँ-कहाँ छ ट्राफिक जाम? सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौंमा कहाँ-कहाँ छ ट्राफिक जाम? सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह


  • 1.8K
    Shares

    • images
    काठमाडौंमा कहाँ-कहाँ छ ट्राफिक जाम? सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

    काठमाडौं । काठमाडौंका मुख्य सडकहरूमा ट्राफिक जाम भएको छ। आइतबार बिहान ११ बजेसम्म काठमाडौंका मुख्य सडकहरूमा जाम भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

    चैत २० गतेदेखि शिक्षकहरूले माइतीघरदेखि बिजुलीबजारसम्म प्रदर्शन गर्दै आएका छन्। आइतबार भने बिहान ९ बजेदेखि १२ बजेसम्म प्रदर्शन गर्ने बताएका हुन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि प्रदर्शन गरी निषेधित क्षेत तोड्ने घोषणा गरेको छ।

    निषेधित क्षेत्र समेत तोड्ने घोषणा गरेपछि प्रशासनले पनि सुरक्षा व्यवस्था कडा बनाएको छ। बानेश्वर क्षेत्रमा अहिले सवारीसाधन गुड्न दिइएको छैन। जसकारण विभिन्न ठाउँमा सवारी जाम भइरहेको हो।

    कार्यालयका अनुसार काठमाडौंको माइतीघरबाट बबरमहल हुँदै नयाँ बानेश्वरसम्म मुख्य लेन भएर चल्ने सवारीसाधनलाई सर्भिस लेनबाट पठाइरहेको छ।

    डाइभर्सनका कारण सिंहदरबार दक्षिणगेट, माइतीघर, अनामनगर, हनुमानथान र थापागाउँ हुँदै चल्ने सवारीसाधन क्युमा चलिरहेका छन्।

    अफिस समयमा सवारी चाप समेत बढेपछि कोटेश्वर, गौशाला, चाबहिल, सोह्रखुट्टे, लैनचौर, रणोदिप, कृष्णपाउरोटी, पुतलीसडक, त्रिपुरेश्वर, थापाथली र कुपण्डोलमा जाम देखिएको छ।

    प्रकाशित मिति :बैशाख ७ २०८२ आइतवार - १०:४२:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij