Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

गुडिरहेको स्कुल बसबाट खसेर शिक्षकको मृत्यु

गुडिरहेको स्कुल बसबाट खसेर शिक्षकको मृत्यु


  • 1.8K
    Shares

    • images
    गुडिरहेको स्कुल बसबाट खसेर शिक्षकको मृत्यु

    काठमाडौं । विद्यालयको बसको ढोकाबाट खसेर एक शिक्षकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरस्थित चौलानी बोर्डिङ स्कुलमा कार्यरत बैतडीको दोगडाकेदार गाउँपालिका–४ कपिन्नाका २८ वर्षीय विष्णुराज भट्ट रहेका छन् ।

    विद्यार्थी भर्ना अभियान प्रचारप्रसारका क्रममा गोकुलेश्वरबाट पन्ज्युनयाँतर्फ गइरहेका बेला महाकाली राजमार्गअन्तर्गत डिलासैनी गाउँपालिका–६ बाँगाबगरमा शनिवार बसको ढोकाबाट खसेर उनी गम्भीर घाइते भएका थिए । शिक्षक भट्टको गोकुलेश्वर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए ।

    घटनापश्चात् बस चालक दार्चुलाको शैल्यशिखर नगरपालिका-५ का उत्तरसिंह डाँगालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रकाशित मिति :बैशाख ७ २०८२ आइतवार - १०:२०:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij