Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

ट्याक्सीमा नयाँ मापदण्ड: एसी र वाईफाई अनिवार्य, अरू केके सुविधा राख्नुपर्ने ?

ट्याक्सीमा नयाँ मापदण्ड: एसी र वाईफाई अनिवार्य, अरू केके सुविधा राख्नुपर्ने ?


  • 2.1K
    Shares

    • images
    ट्याक्सीमा नयाँ मापदण्ड: एसी र वाईफाई अनिवार्य, अरू केके सुविधा राख्नुपर्ने ?

    काठमाडौँ । अबदेखि सरकारले एक हजार सीसीभन्दा कम क्षमताका ट्याक्सी दर्ता नहुने मापदण्ड बनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ट्याक्सीको रूपमा सवारीसम्बन्धी राष्ट्रिय मापदण्ड लागु गर्दै अबदेखि कम्तीमा १ हजार सीसी क्षमताका ट्याक्सी मात्रै दर्ता हुने व्यवस्था गरेको छ ।

    यातायात व्यवस्था विभागले तयार पारेको ट्याक्सीको नयाँ मापदण्ड मन्त्रालयले गत चैत १४ गते स्वीकृत गरिसकेको छ । सोही दिनबाटै कार्यान्वयनमा आउने मापदण्डमा उल्लेख भएको भए पनि राजपत्रमा प्रकाशित गरेपछि मात्रै कार्यान्वयनमा आउने मन्त्रालयले जनाएको छ । 

    ‘राजपत्रमा प्रकाशित हुन बाँकी छ । लगभग कार्यान्वयनमा आइसक्यो भन्दा पनि हुन्छ,’ मन्त्रालयका एक अधिकारीले नाम नबताउने सर्तमा भने, ‘राजपत्रमा प्रकाशित हुनेबत्तिकै कार्यान्वयनमा आउँछ ।’

    उनका अनुसार मापदण्डमा थुप्रै नयाँ व्यवस्था गरिएकको छ । ट्याक्सी वर्गीकरण गरी विशिष्ट ट्याक्सीमा सबै सिटमा अनिवार्य सिटबेल्ट, एसी, वाईफाई इन्टरनेट, हेडरेस्ट, आमरेस्ट, कप होल्डर, अनिवार्य गरेको छ । जसको कारण ट्याक्सी प्रयोग कर्तालाई  सेवासुविधाअनुसार थप महँगी पर्ने उनको तर्क छ । 

    नयाँ मापदण्डअनुसार अबदेखि इन्धनमा एक हजार सीसी र ईभीमा ४० किलोवाट क्षमताभन्दा कम पावरट्रेन भएका गाडी ट्याक्सी दर्ता हुन पाउने छैनन् । अहिले ८ सय सीसीभन्दा कम क्षमताका सञ्चालनमा छन् । पछिल्लो समय ईभीको आयातले लग्जरी सेगमेन्टका ट्याक्सीसमेत सञ्चालनमा छन्  ।

    साथै प्रत्येक ट्याक्सीमा इम्बोस्ड नम्बर प्लेट जडान गरिएको हुनुपर्ने उल्लेख छ । साथै ट्याक्सीको छतमा पहेँलो रङ लगाइएको हुनुपर्ने उल्लेख छ ।

    आकार यान्त्रिक क्षमता तथा उपलब्ध सुविधास्तरलगायत आधारमा ट्याक्सीलाई साधारण(अर्डिनरी) विशेष(डिलक्स) र विशिष्ट(लक्जरी) गरी तीन किसिमले छुट्याएको छ । 

    सोहीअनुसार एक हजार सीसी सञ्चालित ट्याक्सी साधारण, १२ सय सीसी क्षमताभन्दा माथिका डिलक्स र २ हजार सीसी क्षमता माथिका ट्याक्सीलाई लक्जरी ट्याक्सीका रूपमा वर्गीकरण गरेको छ । 

    सरकारले साधारण बाहेकका डिलक्स र लक्जरी ट्याक्सीमा एन्टी लक ब्रेकिङ सिस्टम (एबीएस) सँगै इलेक्ट्रनिक ब्रेक फोर्स डिस्ट्रब्युसन (ईबीडी), ड्राइभर र को ड्राइभर एयर ब्याक (कम्तीमा दुई), हाई स्पिड आलर्ट सिस्टम, सबै सिटमा सिटबेल्ट अनिवार्य, सहचालकलाई सिटबेल्ट, पार्किङ सेन्सर र रियर भिउ क्यामेरा, सीसी टीभी क्यामेरा अनिवार्य गरेको छ । 

    साधारण ट्याक्सीमा हुनुपर्ने विशेषता 

    आन्तरिक दहन इन्जिनजडित (पेट्रोलियम पदार्थ) सवारीको हकमा इन्जिन डिस्प्लेसमेन्ट भोल्युम १.५ प्रतिशतसम्म कमसमेत समावेश हुने, एक हजार सीसी वा सोभन्दा माथि क्षमता भएको हुनुपर्ने उल्लेख छ । साथै विद्युतीय सवारी हाइड्रोजन फ्युल सेल आधारित सवारीसमेत) को ब्याट्रीमा सञ्चित हुने ऊर्जा (किलोवाट आवर) र सवारीको कुल भार (जीभीडब्लु, केजी) बिचको अनुपात न्यूनतम ०.०१५ प्रतिशत हुनुपर्ने उल्लेख छ । 

    आन्तरिक दहन इन्जिन जडित वा विद्युतीय दुवै सवारीको इन्जिन वा मोटर अधिकतम ४० किलोवाट वा सोभन्दा माथि हुनुपर्ने उल्लेख छ । यसैगरी इन्जिन वा मोटर टर्क अधिकतम ६५ न्युटन वा सोभन्दा माथि हुनुपर्ने छ । ह्विल बेस २ हजार ३ सय मिलिमिटर वा सोभन्दा माथि, बुट स्पेस मालसामान राख्ने क्षमता सबै सिट सीधा अवस्थामा राख्दा १६० लिटर वा सोभन्दा माथि हुनुपर्ने उल्लेख छ । 

    तर हाल सञ्चालनमा रहेका ट्याक्सीलाई भने कुनै बाधा नपर्नेसमेत जनाइएको छ  ।

    डिलक्स ट्याक्सीमा १ हजार २ सय सीसीभन्दा बढी क्षमतको हुनुपर्ने 

    आन्तरिक इन्जिन जडित सवारी १२०० सीसीभन्दा माथि क्षमता हुनुपर्ने छ । इन्जिन डिस्प्लेसमेन्ट भोल्युम १.५ प्रतिशतसम्म कमसमेत समावेश भएको हुनेछ । यस्तै विद्युतीय सवारी (हाइड्रजन फ्युल सेल आधारित सवारी) को हकमा ब्याट्रीबाट सञ्चित हुने ऊर्जा (किलोवाट आवर) र सवारीको कुल भार (जीभीडब्लु, केजी) बीचको न्यूनतम अनुपात ०.१९ हुनुपर्ने उल्लेख छ । 

    साथै आन्तरिक दहन इन्जिन जडित वा विद्युतीय दुवै सवारीको इन्जिन वा मोटर अधिकतम ५० किलोवाट वा सोभन्दा माथि हुनुपर्ने उल्लेख छ । यसैगरी इन्जिन वा मा इन्जिन वा मोटर टर्क अधिकतम ८० न्यूटन वा सोभन्दा माथि हुनुपर्ने छ । ह्विल बेस २५०० मिलिमिटर वा सोभन्दा माथि, बुट स्पेस मालसामान राख्ने क्षमता सबै सिट सीधा अवस्थामा राख्दा २ सय लिटर वा सोभन्दा माथि हुनुपर्ने उल्लेख छ । 

    साथै अन्य सुविधामा टचसहित डिस्प्ले स्क्रिन कम्तीमा एक, विद्युतीय स्वीचबाट खुल्ने र बन्द हुने झ्याल (अगाडि, पछाडि) जाडो गर्मी सबै मौसमका लागि उपयुक्त हुने वातानुकुलित प्रणाली जडान गर्नुपर्ने उल्लेख छ । 

    यो सवारी निर्माताकम्पनी बाहेक अन्य पक्षले जडान गरेको डिस्प्लेसमेत मान्य हुने उल्लेख गरिएको छ । 

    प्रकाशित मिति :बैशाख ७ २०८२ आइतवार - ०७:१७:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij