Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

संस्थागत विद्यालयसमेत बन्द गरी आन्दोलनमा आउन शिक्षक महासंघको आग्रह

संस्थागत विद्यालयसमेत बन्द गरी आन्दोलनमा आउन शिक्षक महासंघको आग्रह


  • 1.2K
    Shares

    • images
    संस्थागत विद्यालयसमेत बन्द गरी आन्दोलनमा आउन शिक्षक महासंघको आग्रह

    काठमाडौं । नेपाल शिक्षक महासङ्घले शैक्षिक आमहड्तालको अभियानलाई सफल तुल्याउन संस्थागत विद्यालयहरूसमेत बन्द गरी साथ दिन सम्बन्धित सबैमा आग्रह गरेको छ ।

    महासंघले एक विज्ञप्ति जारी गरी शैक्षिक आन्दोलन उत्कर्षमा पुगेकाले  विगतका सबै सहमति सम्बोधन गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन अविलम्ब जारी गर्न राज्यलाई बाध्य पार्न विद्यालय बन्द गरी आन्दोलनमा आउन आह्वान गरेको हो ।

    विज्ञप्तिमा भनिएको छ– ‘नेपाल शिक्षक महासङ्घको आयोजनामा भइरहेको काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलन उत्कर्षमा छ । यस्तो बेला यो आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारी आन्दोलनमा जुट्नु अनिवार्य हुन्छ । त्यसैले देशभरका सबै विद्यालय पूर्णरुपमा बन्द गरी काठमाडौं आउनुहुन सबै शिक्षक–कर्मचारी साथीहरूमा पुनः अनुरोध गर्दछौँ ।’

    महासंघले आन्दोलन अवधिमा विद्यालय खोल्ने, प्रवेश परीक्षा र ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण लगायतका कुनै पनि क्रियाकलापमा संलग्न नहुन पनि सबै शिक्षकहरूलाई आग्रह गरेको छ ।

    यस्तै, यही वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा कुनै पनि हिसाबमा संलग्न नहुन समेत महासंघले अनुरोध गरेको छ । महासंघले आन्दोलनलाई साथ दिन सम्पूर्ण अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, गाउँ तथा नगरपालिका एवं सबै शैक्षिक सरोकार पक्षसँग पनि आग्रह गरेको छ ।

    Teacher.jpgteacher2-1.jpg

    प्रकाशित मिति :बैशाख ७ २०८२ आइतवार - ०७:०७:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij