Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

निषेधित क्षेत्र तोडौं भन्दै कार्यक्रम आयोजना गरेको राप्रपालाई गृह मन्त्रालयको यस्तो चेतावनी

निषेधित क्षेत्र तोडौं भन्दै कार्यक्रम आयोजना गरेको राप्रपालाई गृह मन्त्रालयको यस्तो चेतावनी


  • 2.0K
    Shares

    निषेधित क्षेत्र तोडौं भन्दै कार्यक्रम आयोजना गरेको राप्रपालाई गृह मन्त्रालयको यस्तो चेतावनी

    काठमाडौं। निषेधित क्षेत्र तोड्ने सार्वजनिक कार्यक्रम गरेको राप्रपालाई गृहमन्त्रालयले चेतावनी दिँदै कारबाही गर्ने चेतावनी दिएको छ। 

    शनिबार विज्ञप्ति निकाल्दै मन्त्रालयले राप्रपाको त्यस्तो घोषणाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै हिंसा फैलाउने कुनैपनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत सचेत गराएको छ।

    ‘राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट भोलि मिति २०८२/०१/०७ गतेका दिन प्रचलित कानुन बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरुप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानुन बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ। साथै, समाजमा हिंसा फैलाउने कुनैपनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत गृह मन्त्रालय सबैमा अनुरोध गर्दछ।'

    गत चैत १५ गते तीनकुनेमा भएको राजावादीहरुको हिंसात्मक घटनामा पक्राउ भएकालाई रिहाइ नगरेको भन्दै राप्रपाले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने चेतावनी दिएको थियो।

    491695596_10163832560156554_1187723406003746677_n.jpg

    images
    प्रकाशित मिति :बैशाख ६ २०८२ शनिवार - २०:३१:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij