Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

राप्रपाको आह्वान : बिजुलीबजारमा भेटौं, निषेधित क्षेत्र तोडौं

राप्रपाको आह्वान : बिजुलीबजारमा भेटौं, निषेधित क्षेत्र तोडौं


  • 1.3K
    Shares

    • images
    राप्रपाको आह्वान : बिजुलीबजारमा भेटौं, निषेधित क्षेत्र तोडौं

    काठमाडौं । राप्रपाले सरकारले दमन गरेको आरोप लगाउँदै यसअघि तोकिएका निषेधित क्षेत्रमा प्रदर्शन गर्ने भएको छ । भोलि मध्यान्ह १२ बजे बिजुलीबजारमा भेला भएर काठमाडौंका निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्न तयारी थालिएको छ । 

    राजसंस्था पुनस्र्थापना, हिन्दूराज्य कायम, संघीयता खारेज, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पक्राउ परेका नेता तथा कार्यकर्ताको रिहाइ माग गर्दै सरकारले तोकेको निषेधित क्षेत्रलाई तोड्ने राप्रपाको निष्कर्ष छ ।

    राप्रपाले मुख्यतः भोलि भद्रकाली, नयाँ बानेश्वर, सिंहदरबार, शितल निवास, बालुवाटार क्षेत्रमा विरोध प्रदर्शन गर्ने बताएको छ ।

    प्रकाशित मिति :बैशाख ६ २०८२ शनिवार - २०:२७:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij