Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

२०८२ जेठ १५ गते राजतन्त्र आउँछः जगमान गुरुङ

२०८२ जेठ १५ गते राजतन्त्र आउँछः जगमान गुरुङ


  • 2.1K
    Shares

    २०८२ जेठ १५ गते राजतन्त्र आउँछः जगमान गुरुङ

    राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा जगमान गुरुङले २०८२ को जेठ १५ गते गणतन्त्रको अन्त्य हुने घोषणा गरेका छन् ।

    शनिवार काठमाडौंमा आयोजित पृथ्वीपथको आवश्यकता प्रबुद्ध वर्गको सोच विषयक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले आन्दोलन कसरी जाने भन्नेकुरा अर्को कार्यक्रममा भन्ने बताए ।

    मान्छे मर्नुप¥यो भने उसैको जन्म महिना, उसैको जन्मवार, उसैको जन्मतिथि, उसैको जन्म नक्षत्रमा मर्ने बताउँदै गणतन्त्र आएको पनि जेठको १५ गते र अन्त्य पनि जेठ १५ मै हुने उनले बताए । २०८२ को जेठ १५ गते राजतन्त्र फर्किने र आफूहरुको अभिष्ठ सिद्धि हुने जिकिर गरे ।

    उनले भने, ‘यो गणतन्त्रको घोषणा कहिले भयो त जेठको १५ गते होइन । जेठको १५ गते गणतन्त्रको घोषणा भयो । गणतन्त्र दिवस मनाउँछ । यसको अन्त्य कहिले हुन्छ त रु ०८२ सालको जेठको १५ गते हुन्छ । त्यही हो कुरा । आन्दोलन कसरी जाने भन्नेकुरा सबै आत्तिसकेको छ । अर्को फोरममा भनौँला । मान्छे मर्नुप¥यो भने उसैको जन्म महिना, उसैको जन्मवार, उसैको जन्मतिथि, उसैको जन्म नक्षत्रमा मर्छ । यो गणतन्त्र आएको जेठको १५ गते र यो अब जेठको १५ गते गणतन्त्रको अन्त्य हुन्छ । २०८२ को जेठको १५ मा । हाम्रो अभिष्ठ सिद्धि हुनेछ ।’

    उनले जनताको हक अधिकारको कुरा पृथ्वीपथले गरेको र राज्यलाई थाम्ने दायित्व पनि राजाको भएको बताए । राजालाई सचेत गराउने काम नागरिकले गर्ने हो,  पृथ्वीपथ भनेको आफ्नो रैथाने पथ भएको बताए । 

    images
    प्रकाशित मिति :बैशाख ६ २०८२ शनिवार - १८:३२:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij