Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

दर्ता गर्न अटेर गरेपछि सञ्चारमन्त्रीले भने– फेसबुकसहितका सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्न सक्छ

दर्ता गर्न अटेर गरेपछि सञ्चारमन्त्रीले भने– फेसबुकसहितका सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्न सक्छ


  • 1.3K
    Shares

    दर्ता गर्न अटेर गरेपछि सञ्चारमन्त्रीले भने– फेसबुकसहितका सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्न सक्छ

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा फेसबुकसहितका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्न सक्ने बताएका छन् ।

    शुक्रबार काठमाडौंमा सञ्चारिका समूहले आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले दर्ता गर्ने समयसीमा सकिन लाग्दासमेत फेसबुकसहितका कम्पनी दर्ताका लागि नआएको जानकारी दिए ।

    नेपालको संविधान, ऐन तथा कानुनअनुसार तोकिएको समयमा दर्ता नभए त्यस्ता सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउन सकिने उनको भनाइ छ । उनले देशको स्वाभिमान बिथोल्ने गरी सामाजिक सञ्जालमा विभिन्न प्रचार हुने गरेको भन्दै त्यसको नियमन हुनुपर्ने बताए ।

    उनले फेक आईडी बनाएर समाजमा विकृति निम्त्याउने तथा हिंसाको प्रवर्धन हुने गरी सामाजिक सञ्जालमा प्रचार हुने गरेको बताए । सामाजिक सञ्जाल नेपालमा दर्ता नभएकै कारण सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक रोकिएको उनको भनाइ छ ।

    "आज सोसल मिडिया प्लेटफर्म जसले चलाइरहेको छ नि जसले सञ्चालन गर्छ । त्यो सञ्चालन गर्नेहरूले यो मुलुकको संविधान मान्नुपर्ने कि नपर्ने ? जस्तो मेटा भनौँ, गुगल, टिकटक...। यिनीहरूले नेपालमा काम गर्ने भएपछि नेपालको कानुन मान्ने कि नमान्ने ? नेपालको संविधान मान्नुपर्ने कि नपर्ने ? यहाँ दर्ता हुनुपर्ने कि नपर्ने ?," उनले भने ।

    images
    प्रकाशित मिति :बैशाख ५ २०८२ शुक्रवार - १८:२२:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij