Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले पेश गरेको अनुभवको कागजात नै नक्कली, अख्तियारमा उजुरी (कागजपत्रसमेत)

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले पेश गरेको अनुभवको कागजात नै नक्कली, अख्तियारमा उजुरी (कागजपत्रसमेत)


  • 2.0K
    Shares

    दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले पेश गरेको अनुभवको कागजात नै नक्कली, अख्तियारमा उजुरी (कागजपत्रसमेत)

    काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीमाथि अनुसन्धान गरी कारबाही गर्न उजुरी परेको छ । उनीमाथि छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो । 

    गत बुधबार बैशाख ३ गते दर्ता भएको उजुरीमा उनले अध्यक्ष हुनका लागि पेश गरेको अनुभवको कागजात नक्कली बनाएको र हाल सो संस्थामासमेत काम हुन नसकेकाले उनी नक्कली हुन् भन्ने व्यवहारमा पुष्टि हुँदै आएको उल्लेख छ । 

    नियुक्ति दिँदा अध्यक्ष भण्डारीले पेश गरेको अनुभवको कागजातमा नेपालको कम्पनीमा काम गरेको समयमै विदेशी कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा काम गरेको उल्लेख छ । 

    एकैपटक नेपालको कम्पनी र बुरुण्डीको कम्पनीमा काम गरेको अनुभव पेश गरेका कारण सो कागजात शंकास्पद भएकोसमेत देखिएको स्पष्ट हुने दाबी गरिएको छ । भण्डारीमाथि यसअघि पनि शंका उपशंका भइरहेको थियो । तर कुनै पार्टीको कार्यकर्ता भएपछि सजिलै नियुक्ति पाइँदो रहेछ भन्ने यसले छर्लङ्ग पारेको छ । 

    सरकारलेसमेत यसलाई नजरअन्दाज गर्नुको मतलब केही न केही षड्यन्त्र रहेको दाबीसमेत गरिएको छ । 

     

     

    images
    प्रकाशित मिति :बैशाख ५ २०८२ शुक्रवार - १६:५१:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij