Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

गुणाकरलाई धर्मसंकट: नीलम ढुंगानाले राजीनामा स्वीकृत गर्न ठाँडै गरे अस्विकार

गुणाकरलाई धर्मसंकट: नीलम ढुंगानाले राजीनामा स्वीकृत गर्न ठाँडै गरे अस्विकार


  • 6.4K
    Shares

    • images
    गुणाकरलाई धर्मसंकट: नीलम ढुंगानाले राजीनामा स्वीकृत गर्न ठाँडै गरे अस्विकार

    नेपाल राष्ट्र बैंकको गभर्नर बन्नका लागि भन्दै कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको राजीनामा स्वीकृत गर्न कामु गभर्नर नीलम ढुंगानाले अस्वीकार गरेकी छिन् ।

    राजीनामा पत्र बोकेर भट्ट शुक्रबार बिहान साढे १० बजे गभर्नरको कार्यकक्षमा पुगेका थिए । तर, कामु गभर्नर ढुंगानाले राजीनामा स्वीकृत गर्न अस्वीकार गरेकी हुन् ।

    भट्टले राजीनामा दिएकोबारे बुझ्न खोज्दा कामु गभर्नर ढुंगानाले प्रतिक्रिया दिन अस्वीकार गरिन् । डेपुटी गभर्नरबाहेक राष्ट्र बैंकको बहालवाला कर्मचारीलाई गभर्नर सिफारिश गर्न मिल्दैन । गभर्नरको नाम सिफारिशमा पर्नका लागि राजीनामा स्वीकृत हुनै पर्ने बाध्यकारी अवस्था छ । कामु गभर्नरले राजीनामा स्वीकृत गर्न अस्वीकार गरेपछि भट्टलाई धर्मसंकट परेको छ ।

    प्रमुख सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यकारी निर्देशक भट्टलाई गभर्नर बनाउन दबाब दिएपछि गभर्नर नियुक्ति प्रक्रिया जटिल बनेको हो ।​ राजीनामा स्वीकृत नभइ गभर्नर नियुक्त भएमा यो विवाद सर्वोच्च अदालतसम्म पुग्ने देखिएको छ । 

    अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिश समितिका एकजना सदस्य एवं पूर्व गभर्नर विजयराज भट्टराई भने कार्यकारी निर्देशकलाई गभर्नर सिफारिश गर्न नहुने बताउने गरेका छन् । प्रक्रिया पूरा नभई सिफारिश गरिएका आफूले ‘नोट अफ डिसेन्ट’ लेख्ने उनले सरोकारवालाई जानकारी गराएका छन् ।

    प्रकाशित मिति :बैशाख ५ २०८२ शुक्रवार - १५:२९:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij