Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

क्यान्सरका बिरामी धवलशमशेरलाई रिहा गर्ने तयारी, कहिले छुट्ला रबिन्द्र ?

क्यान्सरका बिरामी धवलशमशेरलाई रिहा गर्ने तयारी, कहिले छुट्ला रबिन्द्र ?


  • 3.7K
    Shares

    • images
    क्यान्सरका बिरामी धवलशमशेरलाई रिहा गर्ने तयारी, कहिले छुट्ला रबिन्द्र ?

    काठमाडौँ । तीनकुने घटनामा पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणालाई रिहा गर्ने तयारी भएको छ । 

    जिल्ला प्रहरी परिसर काठमाडौँको सिफारिसमा सरकारी वकिलको कार्यालय काठमाडौँले उनलाई हाजिर जमानीमा छाड्न लागेको हो । 

    क्यान्सरका बिरामी राणाको नियमित फलोअप गर्नका लागि भारत जानुपर्ने भएकाले उनलाई हाजिर जमानीमा छाड्ने तयारी भएको स्रोतको भनाइ छ । स्रोतका उनको बयान पूरा भइसकेको छ भने अब मुद्दा लैजाँदा लैजाने गरी अहिलेलाई हाजिर जमानीमा छाड्ने तयारी भएको हो । 

    राजावादी समू्हले गत चैत १५ गते काठमाडौँको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भएसँगै राणा सोही दिन पक्राउ परेका थिए । क्यान्सरका बिरामी उनलाई उपचार गर्नबाट बञ्चित गर्न खोजिएको भन्दै शुक्रबार मात्रै राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आपत्ति जनाएको थियो ।

    उक्त प्रदर्शनमा पक्राउ परेका रबिन्द्र मिश्रलगायतका भने कहिले रिहा हुने अन्योल नै छ ।

    प्रकाशित मिति :बैशाख ५ २०८२ शुक्रवार - १३:४२:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij