Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नेपाल इन्जिनियरिङ कलेजमा कोरियाली प्राध्यापकको भ्रमण

नेपाल इन्जिनियरिङ कलेजमा कोरियाली प्राध्यापकको भ्रमण


  • 1.2K
    Shares

    • images
    नेपाल इन्जिनियरिङ कलेजमा कोरियाली प्राध्यापकको भ्रमण

    काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजमा दक्षिण कोरियाको प्रख्यात विश्वविद्यालयका प्राध्यापकले भ्रमण गरेका छन् । कोरियाको सियोलटेक युनिभर्सिटीका अनुसन्धानकर्ता, डेडक विज्ञान तथा प्रविधि सहकारीका कार्यकारी डोङ ह्वा किमले कलेजको भ्रमण गर्दै फ्याकल्टी तथा विद्यार्थी विच अध्ययन अनुसन्धानका सवालमा सहकार्य गर्ने प्रस्ताव समेत गरेका छन् ।

    सो अवसरमा बोल्दै प्राध्यापक डोङ ह्वा किमले एआईबाट कसरी सिक्ने र सिकाउने सवालमा नेपाल इन्जिनियरिङ कलेजसँग सहकार्य गर्न सियोलटेक युनिभर्सिटी इच्छुक रहेको बताए । दक्षिण कोरियाले विज्ञान, प्रविधि र इन्जिनियरिङ क्षेत्रमा गरेको विकास र सफलतालाई नेपालमा पनि कार्यान्वयन गर्न तथा नेपाली विद्यार्थीहरुको सिकाईलाई प्रभावकारी बनाउन दुई संस्थाविचको सहकार्य महत्वपूर्ण हुने बताउँदै प्राध्यापक किमले पछिल्लो समय विकास भएको एआईबाट फ्याकल्टी तथा विद्यार्थीहरुले धेरै कुरा सिक्नसक्ने बताए ।

    सियोलटेक युनिभर्सिटी र नेपाल इन्जिनियरिङ कलेजविचको शैक्षिक र अनुसन्धानमुलक सहकार्यले दुवै संस्थाहरुको शैक्षिक उन्नयनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारीले विद्यार्थी तथा फ्याकल्टीहरुको अनुसन्धान र सिकाईका लागि सहकार्य गरिने बताए । ‘नेपाल इन्जिनियरिङ कलेजका फ्याकल्टी तथा विद्यार्थीहरुलाई अन्तराष्ट्रिय एक्सपोज प्रदान गर्ने विषयमा हामी सदैव सकारात्मक छौं । कोरियाको प्रख्यात युनिभर्सिटीसँग शैक्षिक र अनुसन्धानका क्षेत्रमा सहकार्य गर्न हामी सकारात्मक छौं ।’ प्राचार्य भण्डारीले भने ।

    प्राध्यापक डोङ ह्वा किमलाई कलेजका सहायक प्राचार्य मोहनध्वज केसी, प्रशासन प्रमुख श्रीमा शर्मासँगै कलेजका विभागीय प्रमुखहरुले स्वागत गर्दै कलेजको शैक्षिक जानकारी गराएका थिए । प्राध्यापक किम विश्वविद्यालय शिक्षण र अनुसन्धानमा लामो अनुभव भएका व्यक्ति हुन् । इलेक्ट्रोनिक्स इन्जिनियरिङ, कम्प्युटेसनल इन्टेलिजेन्स र सिस्टम्समा विद्यावारिधी गरेका उनीसँग विश्वका विभिन्न युनिभर्सिटी र कलेजहरुमा रिसर्च तथा प्राध्यापन गरेको अनुभव छ ।


    मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले विद्यार्थी तथा फ्याकल्टीहरुको सिकाईका लागि विश्वका विभिन्न विश्वविद्यालय र कलेजहरुसँग सहकार्य गर्दै आइरहेको छ । कलेजमा युरोपेली शैक्षिक संस्थाहरुको इरास्मस प्रोजेक्ट, जापानको हावा प्रोजेक्ट लगायतमा कलेजको सहकार्य भएकाले हरेक वर्ष ती प्रोजेक्टमा नेपाली विद्यार्थीहरु अध्ययनका लागि जाने गर्दछन् । 

    प्रकाशित मिति :बैशाख ५ २०८२ शुक्रवार - १३:३०:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij