२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको अध्यक्ष पदको लागि आवेदन आह्वान गरेको छ ।
मन्त्रालयले एक सूचना जारी गर्दै अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको हो । योग्यता,, उमेर पुगेको नेपाली नागरिकले दरखास्त दिन सक्ने जानकारी दिएको छ ।
उक्त दरखास्त दिदाँ ३५ वर्ष पुरा भएको, आमसञ्चार, कानुन, विज्ञापन वा व्यवस्थापन बिषयमा मान्यता प्राप्त, विश्वविद्यालयबाट कम्तीमा स्नातक हासिल गरेको हुनु पर्ने छ सोही क्षेत्रमा १० बर्षको काम गरेको अनुभव हुनपर्ने जारी सूचनामा उल्लेख रहेको छ ।
योग्यता पुगेको इच्छुक व्यक्तिले आवश्यक कागजात सहित मन्त्रालयमा दरखास्त पेस गर्नु पर्ने हुन्छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij