Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सशस्त्र प्रहरीको ब्यारेकमा कसरी चलायो सेनाले गोली ?

सशस्त्र प्रहरीको ब्यारेकमा कसरी चलायो सेनाले गोली ?


  • 6.2K
    Shares

    • images
    सशस्त्र प्रहरीको ब्यारेकमा कसरी चलायो सेनाले गोली ?

    सुर्खेत । बिहीबार राती जाजरकोटको सशस्त्र प्रहरीको ब्यारेकमा गोली चलाएको आरोप लगाएको छ । सशस्त्र प्रहरीको थाप्लेमा रहेको भोजको आयोजना गरिएकोमा सोही भोज सकेर राती आमन्त्रित पाहुना फर्कने क्रम्मा गोली चलाएको आरोप लागेको हाे ।

    नेपाली सेनाको ब्यारेकबाट आएको टोलिले सशस्त्रको ब्यारेकमा गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् । यो विषयमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेको छैन । प्रजिअ मंग्राती फोन मुस्किलले उठे पनि बैठकमा भएको भन्दै अरु व्यक्तिलाई फोन उठाउन दिइएको छ । नेपाल प्रहरीका डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले पटका पट्काएको जवाफ दिए ।

    स्रोतका अनुसार सशस्त्रले आयोजना गरेको भोजमा प्रमुख जिल्ला अधिकारीदेखि सबै सुरक्षा अंगको टिम सशस्त्रको ब्यारेकमा सहभागी रहेको थियो । भोजको कार्यक्रम पूरा भएपछि सबै आफ्नो कार्यकक्षमा फर्कँदा नेपाली सेनाले गोली चलाएको आरोप लागेको छ ।

    चन्दननाथ दल गण, मालिका ब्यारेक, जाजरकोटका प्रमुख सेनानी दीपक केसीले आफ्नो बिदाइमा पडका पडकाएको बताए । पडका र हतियार पडकाएको थाहा नपाउने कस्तो खालको जनता हो भन्दै प्रश्न समेत गरेका छन् ।

    प्रकाशित मिति :बैशाख ५ २०८२ शुक्रवार - १२:४९:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij