Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

शिक्षक आन्दोलन जारी

यातायात महासंघले भन्यो : माइतीघर–बानेश्वर सडक सुचारु नगरे गाडी तेर्स्याउँछौँ

यातायात महासंघले भन्यो : माइतीघर–बानेश्वर सडक सुचारु नगरे गाडी तेर्स्याउँछौँ


  • 1.7K
    Shares

    • images
    यातायात महासंघले भन्यो : माइतीघर–बानेश्वर सडक सुचारु नगरे गाडी तेर्स्याउँछौँ

    काठमाडौं । माइतीघर–बानेश्वर सडकमा १७ दिनदेखि शिक्षक महासंघको आयोजनामा शिक्षकहरूको आन्दोलन जारी छ ।

    आन्दोलनका कारण सार्वजनिक यातायात अवरुद्ध भएको भन्दै सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण गराएको छ ।

    महासंघले जिल्ला प्रशासन कार्यालयमार्फत अवरुद्ध सडक सुचारु गरिदिन माग गर्दै गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको छ ।

    महासंघका महासचिव भरत नेपालले बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई ज्ञापनपत्र बुझाएको बताए । उनले अबको केही दिनमै माइतीघर–बानेश्वर सडकमा गाडी चल्न नदिए सडकमै गाडी तेर्स्याउने चेतावनी दिए । 

    “हामीले बिहीबार सीडीओमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छौँ । उहाँले गृहको जवाफ आएपछि खबर गर्छौं भन्नुभएको छ,” उनले भने, “१७ दिनदेखि यातायात मजदुर र यात्रु मर्कामा परेका छन् । यसरी सडक बन्द गर्न पाइँदैन ।” 

    आइतबारसम्म सडक खुला नभए सडकमा गाडी तेर्स्याउने उनले बताए । “आइतबार हामी सीडीओ कार्यालय जान्छौँ । त्यसपछि पनि सडक खुलेन भने अप्रत्यासित रूपमा सडकमा गाडी तेर्स्याउँछौँ ।”

    १७ दिनदेखि शिक्षकहरूले माइतीघर–बानेश्वर सडकमा मध्याह्न १२ देखि दिउँसो ३ बजेसम्म प्रदर्शन गर्दै आएका छन् । उक्त समयमा उक्त सडकमा सवारीसाधन चल्न पाउँदैनन् । 

    प्रकाशित मिति :बैशाख ५ २०८२ शुक्रवार - १२:४३:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij