Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समाचार

चन्द्रागिरिमा एक जना पुरुष घाँटीमा चोट लागेको अवस्थामा भेटिए

चन्द्रागिरिमा एक जना पुरुष घाँटीमा चोट लागेको अवस्थामा भेटिए


  • 1.2K
    Shares

    • images
    चन्द्रागिरिमा  एक जना पुरुष  घाँटीमा चोट लागेको अवस्थामा भेटिए

    काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा एक जना पुरुष घाँटीमा चोट लागेको अवस्थामा प्रहरीको सम्पर्कमा पुगेका छन् ।

    वैशाख १ मा चन्द्रागिरि नगरपालिकामा पर्ने डाँडामा आफूलाई एउटा समूहले आक्रमण गरेर भागेको भन्दै हेटौँडा घर भएका नवराज दाहाल प्रहरीको सम्पर्कमा गएका हुन् । आक्रमण गर्नेहरूले आफ्नो साथबाट ३० लाख रुपैयाँ लुटेर भागेको उनले प्रहरीसँग बताएका छन् ।

    उनको घाँटीमा धारिलो हतियारले रोपेको चोट देखिएको छ । उनलाई उपचारको लागि वीर अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक जना अधिकृतले  बताए ।

    स्वामी बन्न भनेर हिँडेका दाहालले दुबई जानेहरूको टिकट काट्न रकम लिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । टिकट काट्नु भनेर बोकेको सो रकम लुटपाट भएको उनको जिकिर छ ।

    प्रहरी वृत्त थानकोटका अनुसन्धान अधिकृतहरूले त्यसबारे अनुसन्धान गरिरहेका छन् । प्रहरीका एक जना अधिकृत भन्छन्– ‘लुटपाट भए नभएकोबारे हामी यकिन गर्दैछौँ ।’

    प्रकाशित मिति :बैशाख ५ २०८२ शुक्रवार - ११:२७:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij