Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

मकवानपुरगढीमा गाडी दुर्घटना : बालिकासहित दुई जनाको मृत्यु, १४ जना घाइते

मकवानपुरगढीमा गाडी दुर्घटना : बालिकासहित दुई जनाको मृत्यु, १४ जना घाइते


  • 1.8K
    Shares

    • images
    मकवानपुरगढीमा गाडी दुर्घटना :  बालिकासहित दुई जनाको मृत्यु, १४ जना घाइते

    काठमाडौं । मकवानपुरगढी गाउँपालिकास्थित कान्तिलोकपथ खण्डमा इभी गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

    मकवानपुरगढी गाउँपालिका-२ धरमपानीमा काठमाडौंबाट हेटौंडा आउँदै गरेको बाप्र.१-००६ ख ७०७२ नम्बर इभी गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

    उनका अनुसार सर्लाहीको बागमती गाउँपालिका-७ बस्ने १३ वर्षीया मानुषी मगर र रौतहट दुर्गा भवानी गाउँपालिका वडानम्बर-५ बस्ने ५० वर्षीय निलमदेवी राउतको मृत्यु भएको छ ।

    मगरको शव घटनास्थल नजिकको खोल्सामा भेटिएको थियो भने राउतको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।

    दुर्घटनामा १४ जना घाइते भएका छन् । चालक सर्लाही बागमती गाउँपालिका-५ का २९ वर्षीय कमलबहादुर दर्लामीसहितका घाइतेहरु १४ जनाको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । गाडी  सडकको मोडबाट करिब २०० मिटर तल खसेको छ ।

    प्रकाशित मिति :बैशाख ५ २०८२ शुक्रवार - ०९:१४:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij