Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

गाउँपालिका अध्यक्षमाथि गोली प्रहार

गाउँपालिका अध्यक्षमाथि गोली प्रहार


  • 2.1K
    Shares

    • images
    गाउँपालिका अध्यक्षमाथि गोली प्रहार

    काठमाडौं ।  कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ । गए राति आफ्नै निवासमा उनीमाथि गोली प्रहार भएको हो ।

    गए राति साढे ११ बजे आसपास शौचालय गएर फर्कने क्रममा उनीमाथि गोली प्रहार भएको जनाइएको छ । प्रहरीका अनुसार उनीमाथि उनको घरको कम्पाउन्डबाहिरबाट गोली प्रहार भएको थियो ।

    घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    प्रकाशित मिति :बैशाख ५ २०८२ शुक्रवार - ०७:५०:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij