Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

शर्मिलालाई आफ्नै सहकर्मीले किन प्रहार गरिन् रड ?

शर्मिलालाई आफ्नै सहकर्मीले किन प्रहार गरिन् रड ?


  • 2.3K
    Shares

    शर्मिलालाई आफ्नै सहकर्मीले किन प्रहार गरिन् रड ?

    काठमाडौं । आफूलाई अभियन्ता बताउने शर्मिला वाइबालाई आफ्नै सहकर्मीले रड प्रहार गरेकी छन्। बुधवार राति सहकर्मीले काँडाघारीमा उनलाई फलामको रड प्रहार गरेकी हुन्।

    राम मन्दिर नजिकै पहेँलो पुलमा रड प्रहारबाट वाइबा सामान्य घाइते भएकी छन्। उनको टाउकोमा चोट लागेको छ। अहिले त उनी विभिन्न युट्युबरहरूलाई अन्तर्वार्ता समेत दिन थालिसकेकी छन्।

    जिल्ला प्रहरी परिसर काठमाडौंकाअनुसार वाइबाकी सहकर्मी शर्मिला श्रेष्ठ राईले उनलाई आक्रमण गरेकी हुन्।

    प्रहरीकाअनुसार उनीहरू पहिले सँगै बस्दै आएका थिए र लेनदेनको विषयमा विवाद भएपछि घटनाले उग्ररूप लिएको हो। घाइते वाइबाको बौद्धस्थित स्तुपा अस्पतालमा उपचार हुँदैछ।

    घाइते शर्मिलालाई पहिचानवादी नेता आङकाजी शेर्पालगायतले स्तुपा अस्पताल पुगेर भेटेका छन्। त्यस्तै, आशिका तामाङ्गले पनि उनलाई अस्पतालाई पुगेर भेटेकी छन्।

    images
    प्रकाशित मिति :बैशाख ४ २०८२ बिहिवार - १७:५१:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij