Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

'रास्वपाले डेलिभरि दिने क्षमता शून्य' भन्दै राजीनामा दिएकी सुमनाको पत्रमा के छ ? (पूर्णपाठसहित)

'रास्वपाले डेलिभरि दिने क्षमता शून्य' भन्दै राजीनामा दिएकी सुमनाको पत्रमा के छ ? (पूर्णपाठसहित)


  • 6.7K
    Shares

    • images
    'रास्वपाले डेलिभरि दिने क्षमता शून्य' भन्दै राजीनामा दिएकी सुमनाको पत्रमा के छ ? (पूर्णपाठसहित)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री सुमना श्रेष्ठले पार्टीको निर्णय पद्दतिप्रति असन्तोष व्यक्त गर्दै राजीनामा दिएकी छन् । जनताले पार्टीमाथि ठूलो आशा राखेको तर, पार्टीले डेलिभरि दिने क्षमता शून्य रहेको उनको निष्कर्ष छ ।

    सहमहामन्त्रीबाट राजीनामा दिँदै सुमनाले यस्तो निष्कर्ष निकालेकी हुन् । उनले ‘एक व्यक्ति एक पद’ को अवधारणा लागू गर्न सह-महामन्त्री छोड्न लागेको बताए पनि आफ्ना असन्तुष्टिका विषयहरु लुकाउन सकेकी छैनन् ।

    पार्टी बैठकमा धेरै कर्मकाण्डी प्रक्रिया अपनाइएकोप्रति पनि उनले असन्तुष्टि व्यक्त गरेकी छन् । वैकल्पिक राजनीतिक दलको रूपमा स्थापित हुन खोजेको रास्वपामा ‘फ्ल्याट हाइरार्की’ सबैभन्दा प्रभावकारी हुने उनको धारणा छ । ‘जहाँ कसले बोल्यो भन्दा पनि के बोलियो, त्यसको गुण दोषको आधारमा छलफल हुन्छ । जहाँ उमेर वा ओहोदामा ठूलो सानो नहेरी सबैको विचारलाई उत्तिकै महत्व दिएर मनन गरिन्छ,’ उनले भनेकी छन् ।

    पदाधिकारीसँग सल्लाह नगरी महत्वपूर्ण निर्णय लिने गरिएको सुमनाको अर्को गुनासो छ ।

    ‘आधिकारिक स्रोतबाट नभई अरूबाटै थाहा पाउनुपर्ने स्थिति भएकाले, पद दिएर पनि कुनै वजन नभएको महसुस गरेँ । कैयौं पटक विभिन्न विषयमा बैठक बसौं भन्दा समेत वास्ता नगरेको, संसदीय दलमा विद्यार्थी (भारतको विश्वविद्यालयमा आत्महत्या गरेकी नेपाली छात्राको) को विषयलाई लिएर सदन अवरुद्ध गरौँ भन्दा पनि नसुनिने समेत अवस्था देखेँ । यसकारण यस्तो महत्वपूर्ण पद चाहीँ यसरी हलुका नालिदिनुहुन पनि आग्रह गर्छु’, उनले लेखेकी छन् ।

    सुमना थप्छिन्, ‘पार्टीले ममाथि ठूलो आशा गरी दिएको पद त्याग गर्नुलाई मैले हल्कारूपमा पक्कै लिएकी छैन ।’ ‘मलाई यो मञ्च र जनतामाझ पुग्ने मौका पार्टी र पूर्वसभापति रवि लामिछानेको प्रयासका कारण मात्र सम्भव भएकोमा कुनै दुई मत हुन सक्दैन । पार्टीको जिम्मेवारीबाट मुक्त भए पछि सांसद्को भूमिका अझ सशक्त रुपमा अघि बढाउने छु’, उनले भनेकी छन् ।

    यो राजीनामा सुमनाले १८ चैतको मितिमा लेखेकी हुन्, जुन स्वीकृत हुन बाँकी छ ।

    11s.jpg22s.jpg

    प्रकाशित मिति :बैशाख ४ २०८२ बिहिवार - १७:२४:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij