Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

राप्रपाले वैशाख ७ मा काठमाडौंको निषेधित क्षेत्रमा आन्दोलन गर्ने

राप्रपाले वैशाख ७ मा काठमाडौंको निषेधित क्षेत्रमा आन्दोलन गर्ने


  • 2.9K
    Shares

    • images
    राप्रपाले वैशाख ७ मा काठमाडौंको निषेधित क्षेत्रमा आन्दोलन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही वैशाख ७ गते काठमाडौंका निषेधित क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको छ ।

    बिहीवार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठक यस्तो निर्णय गरेको पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बताउनु भयो । उहाँले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हकलाई संकुचित पार्ने प्रयास गरेका कारण निषेधित क्षेत्रमै आन्दोलन गर्ने निर्णय गरिएको बताउनु भयो ।

    उहाँकाअनुसार बैठकले पार्टी संगठन बिस्तार र आन्दोलनलाई सँगसँगै लैजाने निर्णय समेत गरेको छ । उहाँले वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा, धर्ना र प्रदर्शनका कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको छ । उपत्यकाका प्रत्येक वडामा संगठन मजबुत बनाउँदै आन्दोलनकेन्द्रित गर्ने पनि निर्णय भएको बताउनु भयो । उहाँले तीनकुने आन्दोलनपछि पक्राउ परेका नेताहरुको रिहाईको लागि राजनीतिक एवं कानूनी लडाईं सशक्त रुपमा अगाडी लैजाने निर्णय भएको बताउनु भयो । 

    प्रकाशित मिति :बैशाख ४ २०८२ बिहिवार - १६:३३:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij