२०८२ चैत्र २ गते सोमवार
उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जनलाई सफाइ दिएको छ ।
न्यायाधीशद्वय खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले सर्लाही जिल्ला अदालतको १० वर्ष कैदको फैसला बदर गर्दै बम्जनसहित ज्ञानबहादुर र डिगबहादुर बम्जनलाई सफाइ दिएको हो ।
सिन्धुपाल्चोकमा आश्रम सञ्चालन गर्दै आएका बम्जनविरुद्ध रौतहटकी गंगामाया तामाङले २०७६ मा उजुरी दिएकी थिइन् । आफू बालिका हुँदा बम्जनले २०७३ सालमा बलात्कार गरेको आरोप उनले लगाएकी थिइन् ।
जिल्ला अदालत सर्लाहीले बम्जनलाई दोषी ठहर गर्दै १० वर्ष कैद सजाय तोकेको थियो। तर, उच्च अदालतले मुद्दाको प्रारम्भ नै त्रुटिपूर्ण (डिफेक्टिभ) भएको भन्दै जिल्ला अदालतको फैसला बदर गरेको हो । फैसलापछि बम्जन सिन्धुपाल्चोक कारागारबाट रिहा भइसकेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij