Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पैसा र झोला चोरेको आशंकामा मन्दिरभित्रै हत्या, एक जना पक्राउ

पैसा र झोला चोरेको आशंकामा मन्दिरभित्रै हत्या, एक जना पक्राउ


  • 1.1K
    Shares

    • images
    पैसा र झोला चोरेको आशंकामा मन्दिरभित्रै हत्या, एक जना पक्राउ

    धनगढी । कैलालीको गोदावरी नगरपालिका–१ को अत्तरियामा मृत भेटिएका ३५ वर्षीय जगदीश कैनीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    २७ चैतमा दुर्गा मन्दिर पछाडि मृत भेटिएका डडेल्धुराका अमरगढी नगरपालिका–७ का कैनीको हत्या अभियोगमा बैतडीको डिलासैनी गाउँपालिका–३ का ३५ वर्षीय हेमन्तबहादुर बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय मालाखेतीले पक्राउ परेका बोहरालाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । बिहीबार दिउँसो इलाका प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै इप्रका मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर थापाले कैनीको हत्यामा संलग्न रहेको पाइएपछि बोहरालाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार बोहरालाई गोदावरी नगरपालिका–१ को दुर्गा मन्दिर क्षेत्रबाट पक्राउ गरिएको थियो ।

    बोहराले कैनीको हत्या गरेको स्वीकार गरेका छन् । उनी सशस्त्र प्रहरीको जागिर छाडेर आएका व्यक्ति हुन् भने केही समयदेखि अत्तरिया र धनगढीका विभिन्न होटलमा काम गर्ने तथा सडकपेटीमै सुत्ने गरेको पाइएको प्रहरीले जनाएको छ । डडेल्धुरा स्थायी घर भएका मृतक कैनी पनि केही समयदेखि दुर्गा मन्दिरमा बस्दै आएका थिए ।

    प्रकाशित मिति :बैशाख ४ २०८२ बिहिवार - १४:५९:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij