२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागमा दुई जना सहसचिवलाई खटाइएको छ ।
सिनियर सहसचिवलाई महानिर्देशक बनाएर पठाइएको छ भने जुनियर सहसचिवलाई उपमहा निर्देशक बनाएर खटाइएको छ । सहसचिव जीवलाल भुसाललाई महानिर्देशक बनाएर पठाएको थियो तर भुसाल अहिलेसम्म विभागको जिम्मेवारी सम्हाल्न गएका छैनन् ।
हालै उपसचिवबाट सहसचिवमा बढुवा भएका चन्द्रबहादुर शिवाकोटी उपमहानिर्देशक भएर कार्यभारका आधारमा मन्त्रालयले उपमहानिर्देशकको दरबन्दी सिर्जना गरेर शिवाकोटीलाई खटाएको छ।
त्यस्तै विभागका निर्देशक गुरुदत्त सुवेदीको समेत सरुवा गरिएको छ । विभागका सूचना अधिकारी समेत रहेका गुरुदत्त सुवेदीलाई बबरमहलस्थित वैदेशिक रोजगार बोर्डका सचिवालय पठाइएको छ
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij