Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

डाक्टरको लापरबाहीले मृत्यु भएकी भीमाको परिवारलाई अस्पतालले १५ लाख क्षतिपूर्ति दिनुपर्ने फैसला

डाक्टरको लापरबाहीले मृत्यु भएकी भीमाको परिवारलाई अस्पतालले १५ लाख क्षतिपूर्ति दिनुपर्ने फैसला


  • 3.5K
    Shares

    डाक्टरको लापरबाहीले मृत्यु भएकी भीमाको परिवारलाई अस्पतालले १५ लाख क्षतिपूर्ति दिनुपर्ने फैसला
    images

    कर्णाली प्रदेश अस्पतालमा एक वर्षअघि उपचारका क्रममा ज्यान गुमाएकी भीमा (रिजुका) गुरुङ बलामीको परिवारले १५ लाख रुपैयाँ क्षतिपूर्ति पाउने भएको छ। सुर्खेत जिल्ला अदालतले बुधबार सो फैसला सुनाएको हो। 

    उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुगेकी दैलेखको आठबीस नगरपालिका-५, पिपलकोटकी भीमाको उपचारका क्रममा २०८० चैत २९ गते मृत्यु भएको थियो।

    त्यसपछि पीडित परिवारले डाक्टरको लापरबाहीले मृत्यु भएको भनी २०८१ वैशाख १७ गते प्रदेश अस्पताल, तत्कालीन निर्देशक डम्बर खड्का र उपचारमा संलग्न डाक्टर ललितजंग शाहीविरुद्ध सुर्खेत जिल्ला अदालतमा मुद्दा दिएको थियो। 

    त्यसको एक वर्षपछि बुधबार अदालतले मृतकका पति र छोरीलाई प्रतिवादीबाट १५ लाख रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने फैसला गरेको अदालतका सूचना अधिकारी उज्ज्वलदेव रावलले जानकारी दिए। 

    पीडितको पक्षबाट अधिवक्ता शेरबहादुर खत्री, उपेन्द्र रावत, विद्याभूषण मानन्धरले बहस गरेका थिए।

    प्रकाशित मिति :बैशाख ४ २०८२ बिहिवार - १४:४९:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij