Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

हामी यो सग्लो नेपाल नयाँ पुस्तालाई हस्तान्तरण गछौँ : प्रधानमन्न्त्री ओली

हामी यो सग्लो नेपाल नयाँ पुस्तालाई हस्तान्तरण गछौँ : प्रधानमन्न्त्री ओली


  • 2.0K
    Shares

    • images
    हामी यो सग्लो नेपाल नयाँ पुस्तालाई हस्तान्तरण गछौँ : प्रधानमन्न्त्री ओली

     काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पु¥याउँदा द्वन्द्वकालमा भएको अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्टी गरेका छन भने हामी यो सग्लो नेपाल नयाँ पुस्तालाई हस्तान्तरण गछौँ भदै समाजलाई कायम राखेर अघि बढ्नु पर्ने बताएका छन् ।

    नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको छैटौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै  प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएको व्यक्तिको खोजबिन आयोगबाट पीडितलाई न्याय दिने गरी कार्य सम्पादन हुने बताएका छन् ।

    आयोगको गठन प्रक्रियामा अब ढिलाइ नहुने बताउँदै अब कुनै बहकावमा लागेर कुनै पनि खालको हत्या, हिंसा, धार्मिक भड्काव र अराजकता स्वीकार्य नहुने स्पष्ट गरेका छन । चुनाव जितेर एमालेले एकल सरकार बनाएर विकास र समृद्धिको लागि अभूतपूर्व कामको थालनी गरेका बेला त्यसबाट त्रसित भएर प्रतिक्रियावादीले हामीलाई विस्थापित गरियो । 

    प्रधानमन्त्री ओलीले विविधतायुक्त मुलकमा सामाजिक सद्भावसहितको राष्ट्रिय एकता आवश्यक भएको र एमालेले त्यस कामको अगुवाइ गरिरहेकाले भूतपूर्व सैनिक तथा प्रहरी संगठनले  देश र पार्टीप्रतिको बफादारितालाई अझ बलियो बनाउनु भन्दै वैशाख ११ गते लोकतन्त्र दिवसका दिन एमालेले युवाहरुको सम्मेलन गरी जनताको अधिकार र विकासको पक्षमा उत्सव मनाउन आव्हान पनि गरेका छन्  ।

    प्रकाशित मिति :बैशाख ४ २०८२ बिहिवार - १३:१७:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij