२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । यातायात मन्त्री देवेन्द्र दाहालले कार्य सम्पादन, विकास निर्माण र श्रोत परिचालनलाई पारदर्शी र मितव्ययी बनाउन कर्मचारीहरूलाई निर्देशन दिएका छन्।
भैरहवामा आयोजित बेरुजू फर्स्यौट सम्बन्धी कार्यशालालाई सम्बोधन गर्दै दाहालले कार्य सम्पादनको क्रममा सके सम्म बेरुजू नै आउन नदिन र आएको खण्डमा फर्स्यौटतर्फ समेत ध्यान दिन निर्देशन दिएका हुन् ।
नेपाल अहिले निर्माणको चरणमा रहेको भन्दै मन्त्री दाहालले सुरु गरिएका आयोजनाहरू तोकिएकै समयमा पूरा हुने गरी कार्यक्षेत्रमा परिचालित हुन कर्मचारीहरूलाई सुझाव दिएका छन् । नेपालमा केही हुँदैन र हुन सकेन भन्ने जस्तो गलत भाष्यहरू निर्माण गर्न खोजिएको भन्दै मन्त्री दाहालले सरकारले गरेका काम, प्रभाव र परिवर्तनहरू नागरिक सम्म पुर्याउन जरुरी रहेको बताएका छन् ।
सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पोखराको संयोजनमा भएको कार्यक्रममा आयोजना अलपत्र पार्ने, समयमा पूरा नगर्ने जस्ता कार्य अब हुन नदिने मन्त्रालयका सचिव केशवकुमार शर्माले दाबी गरेका छने ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij