Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

पत्रकार रजकलाई शहीद घोषणाको माग गर्दै, समाजवादी प्रेस संगठनले मौन प्रदर्शन गर्ने

पत्रकार रजकलाई शहीद घोषणाको माग गर्दै, समाजवादी प्रेस संगठनले मौन प्रदर्शन गर्ने


  • 1.4K
    Shares

    पत्रकार रजकलाई शहीद घोषणाको माग गर्दै,  समाजवादी प्रेस संगठनले मौन प्रदर्शन गर्ने

     काठमाडौं । समाजवादी प्रेस संगठन नेपालले स्वर्गीय पत्रकार सुरेश रजकको लागि न्याय माग गर्दै काठमाडौंस्थित शान्तिबाटिकामा आज मौन प्रदर्शन गर्ने भएको छ । प्रदर्शन दिउँसो १ बजे सुरु हुने भएको छ । समाचार संकलनको क्रममा काठमाडौंको तिनकुनेमा आगोमा जलेर रजकको मृत्यु भएको थियो । 
     
    महासचिव रोहित दाहालका अनुसार पत्रकार रजकलाई सहिद घोषणा गर्नुपर्ने, मृत्युको कारण पत्ता लगाउन निष्पक्ष छानबिन आयोग गठन गरी अनुसन्धान गर्नुपर्ने र रजकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै प्रदर्शन गर्ने भएको छ । 

    राज्यको ध्यानाकर्षण गराउनको लागि आयोजना गरिएको प्रदर्शनमा सबै पत्रकार तथा सञ्चारकर्मीलाई सहभागी हुन आग्रह गरेको दाहालले जानकारी दिएका छन् ।

    images
    प्रकाशित मिति :बैशाख ४ २०८२ बिहिवार - ११:२३:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij