२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । काठमाडौंमा फेरि वायु प्रदूषण उच्च तहमा पुगेको छ । काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहरहरुमध्ये दोस्रो स्थानमा रहेको छ भने वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार बिहान ११ः२५ मा काठमाडौंको वायु गुणस्तर सूचकाङ्क १६१ रहेको छ ।
पहिलो स्थानमा बङ्गलादेशको ढाका सहर रहेको छ र उक्त स्थाजको वायु गुणस्तर सूचकाङ्क एक्यूआई १६९ रहेको छ । मानव स्वास्थ्यको लागी वायु गुणस्त अस्वस्थकर मानिन्छ ।
नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहको लागि मानिएको भने अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक सङ्केत मानिन्छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij