Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आज रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, सुमना श्रेष्ठले सह–महामन्त्री पदबाट राजीनामा दिने

आज रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, सुमना श्रेष्ठले सह–महामन्त्री पदबाट राजीनामा दिने

  • 2.4K
    Shares

    • images
    आज रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, सुमना श्रेष्ठले सह–महामन्त्री पदबाट राजीनामा दिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह–महामन्त्री पदबाट सुमना श्रेष्ठले राजीनामा दिने भएकी छन्।

    आज दिउँसो बस्ने केन्द्रीय समिति बैठकमा श्रेष्ठले राजीनामा दिने जानकारी आफूले पाएको रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।

    ‘सांसद् र पार्टी पदाधिकारीको भूमिका एकसाथ निर्वाह गर्न समस्या भएपछि उहाँले राजीनामा दिन लाग्नुभएको हो,’ झाले  भने, ‘यसमा अन्यथा केही छैन। एक व्यक्ति एक पदको अवधारणाअनुसार उहाँले राजीनामा दिने तयारी गर्नुभएको हो।’

    बिहीबार दिउँसो २ बजे बस्ने रास्वपा केन्द्रीय समितिको बैठकमा श्रेष्ठले राजीनामा दिने झाले बताए। 

    प्रकाशित मिति :बैशाख ४ २०८२ बिहिवार - ०९:५७:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij