२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनबारे औपचारिक निर्णय गर्न आज केन्द्रीय कमिटी बैठक बस्दै छ । वैशाखको अन्तिम साता तोकिएको पार्टी सचिवालय बैठकको निर्णय र पार्टी कार्यवाहक सभापतिको आव्हानमा केन्द्रीय समितिको बैठक बोलाएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकजरी दिएका छन् ।
केन्द्रीय कार्यालयमा बस्ने बैठकको ४ एजेन्डा रहेको छ । पहिलो एजेन्डा अघिल्लो बैठकको निर्णय सहितको पार्टी गतिविधिमा केन्द्रीय सदस्यहरूको रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमको बारेमा छलफल गर्ने रहेको छ भने दोस्रो एजेण्डा महाधिवेशन कार्य विवरणको सम्बन्धमा रहेको छ ।
रास्वपाले महाधिवेशन तोकिएको मितिमा नहुने निश्चित जस्तै भइसकेको छ । सचिवालयमा बसेको बैठकमा वैशाखको महाधिवेशन सार्ने कि हाललाई स्थगन मात्र गर्ने भन्ने बारेमा छलफल भएको थियो भने उक्त छलफलमा औपचारिक निर्णय केन्द्रीय कमिटीबाटै गर्न उपयुक्त हुने भनेर केन्द्रीय समिति बैठक आह्नवान गरियो।
केन्द्रीय समिति बैठकमा विशेष रिपोर्टिङ, लिडरसिप एकेडेमी, प्रशिक्षण, सङ्गठन सबलीकरण, ब्लु प्रिन्ट कार्यदल र विविध विषयमा छलफल भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij