Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

देउवा निवासमा तैनाथ सशस्त्र प्रहरीको सेटै फेरियो, संकेत के ?

देउवा निवासमा तैनाथ सशस्त्र प्रहरीको सेटै फेरियो, संकेत के ?


  • 12.0K
    Shares

    • images
    देउवा निवासमा तैनाथ सशस्त्र प्रहरीको सेटै फेरियो, संकेत के ?

    काठमाडौं । सरकार फेरबदलको चर्चा चलिरहेको अवस्थामा सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासबाट सशस्त्र प्रहरीको सेटै परिवर्तन भएको छ ।

    स्रोतका अनुसार देउवा निवास बूढानीलकण्ठबाट सशस्त्र प्रहरी निरीक्षक सुरज बस्नेतसहितको सेटलाई फिर्ता बोलाएर नयाँ टोली पठाइएको छ ।

    ‘देउवा निवासमा तैनाथ सशस्त्र प्रहरीको सुरक्षा टिम परिवर्तन भएको छ । राजनीतिक भेटघाटको क्रममा सूचना लिक भएको या अरू कारण पनि हुन सक्छ’, स्रोतले भन्यो, ‘पछिल्लो केही दिनयता देउवा निवासमा नेताहरूको बाक्लो आउजाउ चलिरहेको थियोे । त्यहीबीचमा बूढानीलकण्ठ मंगलबार सशस्त्रको पूरा टिम परिवर्तन भएको छ ।’

    स्रोतका अनुसार एकजना सिपाहीबाहेक सशस्त्रका करिब २५ जनाको टोलीलाई हलचोक फिर्ता गरेर नयाँ टोली पठाइएको छ ।

    सशस्त्र प्रहरी निरीक्षक बस्नेतको स्थानमा नयाँ कमान्डरसहितको टोली देउवा निवासमा तैनाथ भइसकेको छ । तर हलचोकले यसबारे पुष्टि गरेको छैन । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी कुमार न्यौपानेसँग यसबारे बुझ्न खोजे पनि फोन सम्पर्क हुन सकेन ।

    सशस्त्रकै एकजना अधिकारीका अनुसार यसअघि कमान्डर मात्रै फेरिन्थे । तर, पहिलोपटक तलैसमम्मको सेट फेरिएको हो । एकजनाले गल्ती गरेमा उसलाई जिम्मेवार बनाउनुपर्नेमा बूढानीलकण्ठले सशस्त्रको सेटै फेरेको हो। सशस्त्रले यो कदमलाई नियमित वा आकस्मिक केही भनेको छैन । तर, सत्ता राजनीतिमा हलचल भइरहेका बेला बूढानीलकण्ठले सुरक्षा टिम फेर्नुलाई अर्थपूर्ण मानिएको छ ।

    हलचोकले सशस्त्र प्रहरी बल विशेष सुरक्षा कार्यदलबाट भीआईपीहरूको सुरक्षाका लागि अवस्था हेरी इन्सपेक्टर या डीएसपीको कमान्डमा १५ जनाको टोली खटाउने गरेको छ । तर त्यो संख्या २५ जनासम्म पनि पुग्छ । देउवा निवासमा २५ कै संख्यामा सशस्त्र प्रहरी तैनाथ थिए ।

    प्रकाशित मिति :बैशाख ४ २०८२ बिहिवार - ०५:५३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij