Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

डाक्टर रुइतद्वारा गोरखाका ६५ जनाको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया

डाक्टर रुइतद्वारा गोरखाका ६५ जनाको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया


  • 1.8K
    Shares

    • images
    डाक्टर रुइतद्वारा गोरखाका ६५ जनाको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया

    गोरखा । प्रसिद्ध आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतले उत्तरी गोरखाका ६५ जना मोतियाबिन्दुका बिरामीको आँखाको शल्यक्रिया गरेका छन्। हिमालपारि चुमनुब्री गाउँपालिकाका-५ बिहीमा आयोजित दुई दिने आँखा उपचार शिविरमा डाक्टर रुइतले उनीहरूको शल्यक्रिया गरेका हुन्।

    चुमनुब्री गाउँपालिका, सेराङ गुम्बा, देलेक बाल फाउन्डेशन र तिलगंगा आँखा अस्पतालको संयुक्त आयोजनामा त्यहाँ मंगलबार र बुधबार आँखा उपचार शिविर सञ्चालन भएको थियो। शिविरमा डाक्टर रुइतले निशुल्क उपचार सेवा दिएका हुन्। शिविरमा डाक्टर रुइतको नेतृत्वमा १२ जना आँखा रोगसम्बन्धी चिकित्सकहरूको टोली खटिएका थिए। 

    शल्यक्रिया गरेका बिरामीहरुको बुधबार दिउसो आँखाको पट्टी खोलिएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए। सञ्चालित शिविरमा १४ सयजनाको आँखाका बिरामीहरुको स्क्रिनिङ गरिएको लामाले बताए। ‘स्क्रिनिङमार्फत मोतियाबिन्दु भएकाहरूको यसअघि नै पहिचान गरिसकेका थियौं। शिविरमा पनि केही थपिएका थिए। शल्यक्रिया गर्नुपर्नेहरु सबैको शिविरमा शल्यक्रिया भयो’, उनले भने। शिविरमा निशुल्क रुपमा आँखा जाँच, आँखाको शल्यक्रिया र चस्मा वितरण गरिएको पालिकाले जनाएको छ।

    प्रकाशित मिति :बैशाख ३ २०८२ बुधवार - २१:१९:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij