Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

ललितपुर घटना

बहिनीले मैनबत्ती किन निभाएको? भनेर सोध्दा दाजुले डोरीले कसेर हत्या गरेको खुलासा

बहिनीले मैनबत्ती किन निभाएको? भनेर सोध्दा दाजुले डोरीले कसेर हत्या गरेको खुलासा


  • 7.0K
    Shares

    बहिनीले मैनबत्ती किन निभाएको? भनेर सोध्दा दाजुले डोरीले कसेर हत्या गरेको खुलासा

    काठमाडौँ । ललितपुर महानगरपालिका–९, मंगलबजारस्थित खपिन्छेमा मृत भेटिएकी ११ वर्षीय दुर्गा बोहरालाई उनकै सहोदर दाजुले हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

    चैत २९ मा खपिन्छेमा रहेको बाबुराजा अवालेको घरको भुइँ तलाको पानी ट्याङ्कीमा दुर्गाको शव फेला परेको थियो । बोहराका परिवार केही समय अघिसम्म सोही घरमा डेरामा बस्थे । डेरा सरेपछि छुटेको लुगा लिन जाँदा १५ वर्षका दाजुले दुर्गाको हत्या गरेका हुन् ।

    डेरामा बस्न आएको अर्को परिवारले सफा गर्दा ट्याङ्कीमा शव भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मीले बताए । अनुसन्धानमा संलग्न स्रोतका अनुसार चैत ४ गते साँझ ९ बजेर ४१ मिनेटमा दाजु–बहिनी सो घरमा आफ्नो लुगा लिन जान्छन् । एक जना अधिकृतले भने, ‘दाजु–बहिनी कुरा गर्दै उक्त घर (घटनास्थल)मा गएको सीसीटीभी फुटेजमा देखिन्छ ।’

    घरमा अँध्यारो थियो । लुगा उठाएर मैनबत्ती बालेर दाजु–बहिनी भुइँतलातर्फ झर्दै गर्दा मैनबत्ती निभ्छ । प्रहरी स्रोतका अनुसार मैनबत्ती दाजुले बोकेका थिए । मैनबत्ती निभेपछि बहिनीले दाजुलाई ‘किन निभाएको ?’ भनेर सोध्छिन् ।

    दाजुले ‘मैनबत्ती भुइँमा खस्यो’ भनेर जवाफ दिन्छन् । अनुसन्धानमा संलग्न अधिकारीका अनुसार बहिनी अगाडि र दाजु पछाडि भएर ओर्लिँदै थिए । मैनबत्ती निभाएको भनेर बहिनीले दाजुलाई हातले हिर्काउँछिन् । त्यसपछि त्यहीँ रहेको नाइलनको डोरीले घाँटी कसेर १५ वर्षीय किशोरले बहिनीको हत्या गरेको प्रहरीको भनाइ छ ।

    पछाडिबाट बहिनीको घाँटीमा डोरी लगेर कसेको आरोपितले अनुसन्धान अधिकृतहरूसँग बताएका छन् । एसपी नरहरि अधिकारी भन्छन्, ‘कालो रङको नाइलनको डोरीले कसेर हत्या गरेको खुलेको छ ।’

    घाँटीमा डोरीले कसेपछि दुर्गा ढलिन् । किशोर त्यहाँबाट कपडा बोकेर फर्किए । त्यसपछि उनी कृष्ण मन्दिरमा पुगे, जहाँ उनकी आमाले चिया बेचिरहेकी थिइन् । बोहरा परिवार खपिन्छेबाट नजिकै ललितपुर महानगरपालिका–१२ स्थित घरमा सरेका थिए । उनीहरूका बुवा ठमेलमा सुरक्षा गार्डको जागिर खान्छन् ।

    राति घरमा गएर आमाछोरा सुते । बहिनी घर नफर्केपछि आमाले सोधखोज गरिन् । भोलिपल्ट दिनभर आरोपित डेरमै बसे । साँझ ५ बजेतिर बुवा ठमेलबाट डेरामा आए । चैत ५ मा साँझ ९ बजेतिर आरोपित किशोर डेराबाट निस्किएर साथीकहाँ गए । उनी त्यो रात साथीकोमै बसे ।

    चैत ६ मा आरोपित बिहानै सो घरमा पुगे । बहिनी मृत अवस्थामा पल्टिरहेकी थिइन् । आरोपितले माथिल्लो तलाबाट भुइँ तलामा शवलाई ल्याएर ट्याङ्कीभित्र हाले । त्यसपछि माथिबाट पुरानो कार्पेटले छोपे । 

    images
    प्रकाशित मिति :बैशाख ३ २०८२ बुधवार - १७:०६:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij