Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अदालत

संवैधानिक नियुक्ति विवाद: ५२ पदाधिकारी नियुक्तिको मुद्दा आज पनि हेर्दाहेर्दैमा

संवैधानिक नियुक्ति विवाद: ५२ पदाधिकारी नियुक्तिको मुद्दा आज पनि हेर्दाहेर्दैमा


  • 1.3K
    Shares

    • images
    संवैधानिक नियुक्ति विवाद: ५२ पदाधिकारी नियुक्तिको मुद्दा आज पनि हेर्दाहेर्दैमा

    काठमाडौं । ५२ संवैधानिक निकायको नियुक्ति प्रक्रियाविरुद्ध दायर मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।

    प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना मल्ल प्रधान, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा भएको सुनुवाइमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । 

    गत माघदेखि सुरु नियमित सुनुवाइको चौथो दिनमा आज वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, अधिवक्ताहरू कीर्तिनाथ शर्मा, हर्कबहादुर रावललगायतले बहस गरेका थिए ।

    २०७७ मङ्सिर ३० र त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग,  मानवअधिकार आयोग, निर्वाचन आयोग लगायतमा पदाधिकारी सिफारिस गरेका थिए । 

    २०७७ मङ्सिर ३० गते भएको सिफारिस पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि मात्र सार्वजनिक गरिएको थियो ।

    प्रकाशित मिति :बैशाख ३ २०८२ बुधवार - १६:५९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij