Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

यू-१९ विश्वकप

यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित

यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित


  • 1.5K
    Shares

    यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित

    काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले हङकङलाई सहजै ९ विकेटले हराएको हो ।

    तल्लो मुलपानी क्रिकेट मैदानमा हङकङले दिएको ११६ रनको सामान्य लक्ष्य नेपालले १२.३ ओभरमा १ विकेट मात्र गुमाएर पूरा गर्‍यो । ओपनर साहिल पटेल ४२ तथा कप्तान नरेन भट्ट ३९ रनमा नटआउट रहे । त्यसअघि निरज यादवले २३ रन बनाए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा अलआउट हुँदै ११५ रन बनाएको हो । शिव माथुरले सर्वाधिक ६३ रन बनाए । आर्या पन्जवानीले १३ तथा वीर माथुरले १२ रन बनाए ।

    सुरुवाती विकेट १० रनको योगफलमै गुमाएको हङकङका लागि माथुर र पन्जवानीले डिफेन्सिभ शटहरू खेल्दै अर्धशतकीय साझेदारी बनाए । ६० रन जोड्दा दोस्रो विकेट गुमाएको हङकङले त्यसपछि निरन्तर विकेट गुमाइरहँदा सामान्य योगफलमै चित्त बुझायो ।

    नेपालका युवराज खत्रीले १० ओभरमा १८ रन मात्र दिएर ४ विकेट लिए । बिपिन प्रसाद शर्माले ६.२ ओभरमा २४ रन दिएर ३ विकेट लिए । सन्तोष यादवले २ तथा अशोक धामीले १ विकेट लिए ।

    नेपालले यसअघि यूएई र ओमानलाई हराएको थियो । अब नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार अफगानिस्तानसँग खेल्ने छ ।

    नेपालजस्तै अपराजित अफगानिस्तानले आज माथिल्लो मुलपानीमा यूएईसँग खेल्दै छ र पहिले ब्याटिङ गरेर ३५९ रनको विशाल योगफल खडा गरेको छ । आज अफगानिस्तानले यूएईलाई हराएमा नेपाल र अफगानिस्तानबीच शनिबार हुने खेल निर्णायक हुनेछ ।

    प्रकाशित मिति :बैशाख ३ २०८२ बुधवार - १४:००:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij