Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

कांग्रेसको महिला संघमा भाँडभैलौ, राजीनामा दिने २० जना शेखर-गगन समूहका

कांग्रेसको महिला संघमा भाँडभैलौ, राजीनामा दिने २० जना शेखर-गगन समूहका


  • 2.1K
    Shares

    कांग्रेसको महिला संघमा भाँडभैलौ, राजीनामा दिने २० जना  शेखर-गगन समूहका

    काठमाडौं ।  नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल महिला संघमा भाँडभैलो भएसगैँ २० जना केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामा दिएका छन् ।

    विवाद मिलाउन गरेको आग्रह नेतृत्वले नसुनेपछि बुधवार २० जना  सदस्यहरूले सामूहिकरुपमा राजीनामा दिएका हुन् ।

    राजीनामा दिनेहरू शेखर–गगन पक्षका रहेका छन्  । राजीनामा सदस्यहरूमा उमा शिवाकोटी, रञ्जिता गिरी, डा.सिता घिमिरे, तारा थपलिया, नवोदिता चौधरी, भगवती केसी, मिरादेवी चन्द, चन्द्रादेवी जोशी, रिता शाही, छायाँ सुनार, डा.अमिता प्रधान शाक्य, पार्वती चन्द, गीता गुरुङ, रमा अर्याल, लिलाकुमारी नेपाल, राधा कुँवर, सुनिशा भेटवाल र पार्वती आचार्य लगायतका महिलाहरु रहेका छन् । 

    यसअघि उनीहरूले चारबुँदे माग राख्दा पूरा नभए सामूहिक राजीनामा दिने चेतावनी दिएका थिए । महिला संघकी तदर्थ समिति संयोजक उषा मिश्र राउतले मनोमानी गरेको भन्दै चारबुँदे माग गरेका थिए ।
    पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै मनपरी अन्त्य गरी विधिसम्मत अधिवेशन गर्ने वातावरण गरिपाउँ भन्ने  बारे ज्ञापन पत्र’ बुझाएको थिए । 

    482387359_507093665673867_5975055223798575564_n_azBb0fICeS.jpg


    2.jpg




    images
    प्रकाशित मिति :बैशाख ३ २०८२ बुधवार - १३:४९:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij