२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । काठमाडौं महानगरपालिकाले एभरेष्ट अस्पताललाई जरिवाना तिर्न पत्र पठाएको छ । महानगरपालिकाले एभरेष्ट अस्पताललाई ५० हजार रुपैयाँ जरिवाना तिर्न पत्र पठाएको हो।
अस्पतालबाट फोहर व्यवस्थापनको अनुगमनका क्रममा हानीकारक फोहरको उचित व्यवस्थापन नगरेको र सुधारको मौकालाई समेत वेवास्ता गरेपछि जरिवाना तिर्न पत्र पठाएको छ ।
वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७ बमोजिम जरिवानाको पत्र पठाएको वातावरण व्यवस्थापन विभागको प्रमुख सरिता राईले जानकारी दिएकी हुन् ।
जोखिमपूर्ण फोहरमैला वा हानीकारक फोहरमैला जथाभावी फाल्ने, निष्कासन गर्ने वा गराउनेलाई ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना गराउन सक्ने व्यवस्था रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij