२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । युनिटी घोटाला काण्डमा सर्वोच्च अदालतले सञ्चालकहरूलाई दोषी ठहर गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह संयुक्त इजलासले सञ्चालकहरूलाई दोषी ठहर गर्दै कैद र सजायको फैसला सुनाएको छ ।
युनिटीको सञ्चालकहरूले पिरामिड आकारको सञ्जाल बनाई ३ लाख ४० हजार सदस्यबाट ३ अर्बभन्दा बढी रकम अपचलन गरेका थिए । पीडितको रकम फिर्ता गर्न सहजीकरणको फैसला कार्यान्वन निर्देशनालयको उपनिर्देशकलाई जिम्मेवारी दिइने प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिएका छन् ।
कुइँकेलको अनुसार अध्यक्ष काशीराम गुरुङ र सञ्चालकहरू नेत्र राजवंशी, कृष्णबहादुर क्षेत्री महेन्द्र केसी, भीमबहादुर गुरुङ, इन्द्रबहादुर बिक,विष्णुबहादुर क्षेत्रीलाई २ वर्ष ६ महिना कैद र जनही २५ हजार जरिवाना गर्ने फैसला भएको छ ।
विष्णुबहादुर क्षेत्रीको मृत्यु भइसकेको कारण कैद र जरिवाना कट्टा गरिएको छ । महाप्रबन्धक शिशिर योगीलाई १ वर्ष कैद १० हजार जरिवाना गरिएको छ भने निर्देशक विश्वनाथ गौतमलाई १ वर्ष कैद १० हजार जरिवाना सुनाएको कुइँकेलले जानकारी दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij