२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नेकपा एमालेले पार्टी अनुशासन उलङ्घन गरेको भनेर स्थायी समिति सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई ६ महिने निलम्बनको निर्णय गरेपनि ४ महिना पुग्दा समेत कुनै औपचारिक पत्र दिएको पाइएको छैन ।
दुबै अहिले हालसम्म पार्टीले लिखित पत्र नदिएको खुलाएका हुन् । पाण्डेलाई ओलीले मंगलबार पाण्डेलाई बालुवाटारमा भेटको लागी बोलाएका थिए भने भेटको क्रममा पाण्डेले पार्टीले गरेको निलम्बनबारे चिठी नै नपाएको बताएकी थिइन् । बालुवाटार स्रोतको अनुसार पाण्डेले निलम्बनको पत्र अहिलेसम्म नपाएको र कहिलेदेखि फुकुवा हुन्छ भन्ने नै आफूलाई थाहा नपाएको बताएकी थिइन् ।
पार्टीले निलम्बनको निर्णय गरेको वैशाख १० गते ४ महिना पुग्ने उल्लेख गर्दै उनले सो हिसाबले निलम्बनको म्याद असार १० सम्म भएको आफ्नो बुझाइ रहेको बताइकी छिन् । आफ्नो बुझाइ रहेको उल्लेख गर्दै उनले अब भने पत्र नदिएकोबारे पार्टीको महासचिव सहितको जिम्मेवार नेताहरुसँग सोध्ने बताइकी छिन् । तिम्सेनाले पनि आफूले हालसम्म निलम्बन बारे कुनै पत्र नपाएको बताइकी छिन् ।
भाटभटेनीको मालिक मीनबहादुर गुरुङले एमाले पार्टी कार्यालय बनाइदिने निर्णयको विरोध गरेको भन्दै एमालेले पुस १० गते दुबै जनालाई अनुशासनको कारबाहीको निर्णय गर्दै ६ महिना निलम्बन गरेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij