Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बागमतीका मेयर थापा विरुद्धको भ्रष्टाचार मुद्दामा आज सुनुवाइ हुदै

बागमतीका मेयर थापा विरुद्धको भ्रष्टाचार मुद्दामा आज सुनुवाइ हुदै


  • 1.1K
    Shares

    • images
    बागमतीका मेयर थापा विरुद्धको भ्रष्टाचार मुद्दामा आज सुनुवाइ हुदै

    काठमाडौं ।  बागमती नगरपालिकाको मेयर भरतकुमार थापा विरुद्ध भ्रष्टाचार मुद्दामा आज इजलासमा सुनुवाइ सुरु भएको छ ।  

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो भने अनुसन्धानको जाँच अवधिमा थापाको सम्पूर्ण रकम १३ करोड २० लाख तीन हजार तीन सय ९१ रुपैयाँ ८४ पैसा खर्च तथा लगानी भएको देखिएको थियो । त्यसमध्ये ५ करोड ३३ लाख ५३ हजार एक सय ८९ रुपैयाँ ६६ पैसाको स्रोत नखुलेपछि आयोगको अनुसन्धानबाट  पैसाको स्रोत खुलेको थियो ।

    विशेष अदालतको न्यायाधीश तेजनारायण सिंह राई, अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, र विदुर कोइरालाको संयुक्त इजलासमा सुनुवाइ सुरु भएको छ । 

     

    प्रकाशित मिति :बैशाख ३ २०८२ बुधवार - १०:५९:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij