Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण


  • 1.2K
    Shares

    • images
    जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

    काठमाडौं । जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित धौलापानीमा रु ५७ लाख ६१ हजार लागतमा लिफ्ट सिँचाइ आयोजना निर्माण सम्पन्न भएको छ । 

    कृषिका माध्यमबाट किसानको आयआर्जन वृद्धि गर्ने लक्ष्यसहित उक्त आयोजना निर्माण गरिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिए । कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा (रेरास) परियोजनाको सहयोग र गाउँपालिकाको समन्वयमा पचास घनमिटरको रिजर्भ ट्याङ्की र दुईवटा १० घनमिटरका सहायक ट्याङ्की निर्माण गरिएको छ । 

    लिफ्ट सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीचन्द्र विष्टका अनुसार  आयोजनाबाट वडाका ३५ परिवार लाभान्वित भएका छन् । 

    प्रकाशित मिति :बैशाख ३ २०८२ बुधवार - १०:१४:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij