Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पोखरा–मुग्लिङ सडक विस्तार कामले धमाधम लियो गति

पोखरा–मुग्लिङ सडक विस्तार कामले धमाधम लियो गति


  • 1.2K
    Shares

    • images
    पोखरा–मुग्लिङ सडक विस्तार कामले धमाधम लियो गति

    काठमाडौं । पृथ्वी राजमार्गको पोखरा–मुग्लिङ सडक विस्तार आयोजना पश्चिम खण्डमा सडकको कामले धमाधम गति लिएको छ । लामो समयदेखि बिजुलीका पोल र खानेपानीको पाइप स्थानान्तरणमा ढिलाइ हुँदा आयोजनाको काम ढिलाइ भएको थियो । 

    जामुनेदेखि कुम्ले खोलासम्म १८ मिटर र बाँकी सडक २३ मिटरको कालोपत्रे हुने भएको छ । एसियाली विकास बैङ्कको सहयोगमा भइरहेको स्तरोन्नति कार्य चीनको यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । 

    राजमार्ग विस्तारको काम छिटो सम्पन्न गर्ने उद्देश्यले  काम २ भागमा विभाजन गरेर पोखराको पृथ्वीचोकस्थित सेती पुलदेखि तनहुँको म्याग्दे गाउँपालिकाको जामुनेसम्मको ३९ किमी क्षेत्र पश्चिम खण्डमा पर्द छ भने जामुनेदेखि आँबुखैरेनीसम्मको ४३ किमी सडक पूर्वी खण्डमा पर्द छ ।  

     

    प्रकाशित मिति :बैशाख ३ २०८२ बुधवार - ०९:५४:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij